साउन २७, काठमाडौं । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आव्हान गरेका छन् । बुधबार २२ घण्टाको समयसीमा दिँदै नयाँ सरकार गठनको लागि आव्हान गरेका हुन् ।
शेरचनले संविधानको धारा १६९ को उपधारा २ अनुसार बहुमतको सरकार गठनको आव्हान गरेका छन् । उनले बिहीबार दिउँसो ३ बजेसम्मको लागि दलहरुलाई दाबी पेश गर्न आव्हान गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले आज नै प्रदेश प्रमुख समक्ष राजीनामा दिएका थिए । प्रदेश सभामा विपक्षी गठबन्धनले उनीविरुद्व दर्ता गरेको अविश्वासको प्रस्ताव अगाडि बढेसँगै उनले अन्तिम समय राजीनामा बुझाएका थिए ।
पोखरेलको राजीनामा स्वीकृति भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।

सम्बन्धित समाचार
पोखरेलले राजीनामा दिए पनि प्रदेशसभामा अघि बढ्यो अविश्वासको प्रस्ताव
अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने अवस्था नदेखेपछि शंकर पोखरेलले दिए राजीनामा
मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
वि.सं.२०७८ साउन २७ बुधवार १७:१८ मा प्रकाशित






























