२८ साउन, काठमाडौं । बागमती प्रदेशमा कोरोना संक्रमणबाट बुधवार ११ जनाको मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बुधवार चितवनका ६०, ४३, २६ वर्षीय ३ पुरुष र ६५ वर्षीया महिला गरी ४ जना, काठमाडौंका ७२, ७५ र ४४ वर्षीय ३ पुरुष, दोलखाकी ३१ वर्षीया, काभ्रेपलान्चोककी ७३ वर्षीया र ललितपुरकी ६६ वर्षीया गरी तीन महिला तथा मकवानपुरका ३६ वर्षीय १ पुरुष सहित ११ जनाको मृत्यु भएको हो ।
त्यसैगरी प्रदेशमा बुधवार गरिएको ७ हजार ६४४ नमुना परीक्षणमा १४८७ जना नयाँ संक्रमित थपिएका छन् । बुधवार थपिएका १४८७ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ हजार १४४ पुगेको छ ।
प्रदेशमा बुधवार १३०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
प्रदेशमा हालसम्म ३ लाख ९२ हजार ९२० जना संक्रमित भएका छन् भने ती मध्ये ३ लाख ७४ हजार ६४ जना निको भइसकेका छन् ।
प्रदेशमा हाल ५०२ जना आइसियुमा ५०२ र भेन्टिलेटरमा १०८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेशनमा बस्नेको संख्या १३ हजार ९८७ जना रहेका छन् ।
वि.सं.२०७८ साउन २८ बिहीवार ०९:३८ मा प्रकाशित






























