back
CTIZAN AD

परीक्षार्थीहरुलाई प्रवेशपत्रका आधारमा खोप दिइने

वि.सं.२०७८ साउन २८ बिहीवार

708 

shares

२८ साउन, काठमाडौं । सरकारले विश्वविद्यालय तहका परीक्षार्थीहरुलाई प्रवेशपत्रका आधारमा खोप दिने भएको छ । जनसंख्या तथा स्वास्थय मन्त्रालयले काठमाडौं लगायत सबै प्रदेशका  परीक्षा दिने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाइने निर्णय गरी कार्यान्वयनका लागि सातै प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन समेत पठाएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि ट्विटमार्फत सो कुराको जानकारी गराएका छन् । मन्त्री श्रेष्ठले सञ्जालमा भनेका छन् ‘विश्वविद्यालयका परीक्षार्थीका लागि काठमाडौंमा मात्र नभई सबै प्रदेशबाट कोभिशिल्ड वा भेरोसेलको खोप उपलब्ध गराउने निर्णय भएको छ । प्रदेशले तोकेका खोपकेन्द्रबाट प्रवेशपत्र देखाएर खोप लिन सक्नुहुनेछ ।’

परीक्षा दिने विद्यार्थीलाई काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा खोप लगाइने बताएका छन् ।

उनले भने, ‘विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेशपत्रका आधारमा काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप प्राप्त गर्न सक्नुहुन्छु, ‘यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था छ।’

वि.सं.२०७८ साउन २८ बिहीवार ०९:५१ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...