back
CTIZAN AD

७२ घण्टाभित्रको नतिजा लिएर उडान यात्राको अनुमति दिने व्यवस्था मिलाउन स्वास्थय मन्त्रालयको अनुरोध

वि.सं.२०७८ साउन २८ बिहीवार

849 

shares

२८ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई)मा जाने नेपाली श्रमिकलाई पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरेर ७२ घण्टाभित्रको नतिजा लिएर उडान यात्राको अनुमति दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई अनुरोध गरेको छ ।

युएईको दुबई नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमै ‘र्‍यापिड पीसीआर परीक्षण’ भएका यात्रुलाई मात्रै प्रवेश दिने सूचना जारी गरेसँगै स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रले पर्यटन मन्त्रालयलाई पत्र पठाउँदै यस्ताे अनुरोध गरेको हो ।

पत्रमा युएईले मागेको जस्तो त्रिभुवन विमानस्थलमै ‘र्‍यापिड पीसीआर परीक्षण गर्ने प्रविधि स्रोत साधन नभएको भन्दै स्वास्थ्य मन्त्रालयले हालैको पिसीआर तथा एन्टिजेन परीक्षण विधिबाट परीक्षण गरेर ७२ घण्टाभित्रको नतिजा लिएर जाने गरेको व्यवस्था अनुसार नै गर्न आवश्यक समन्वय र व्यवस्थापन गरिदिनु हुन अनुरोध गरेको छ ।

चार घण्टाभित्र परीक्षण गर्ने ‘र्‍यापिड पीसीआर परीक्षण गर्ने प्रविधिको आवश्यक आवश्यक व्यवस्था तथा समन्वय गर्ने तयारी गरेको र यसको व्यवस्था गर्ने बित्तिकै जानकारी दिइने पनि पत्रमा उल्लेख छ।

उक्त पत्र परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमलाई पनि बोधार्थका लागि पठाइएको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १९:४६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...