back
CTIZAN AD

लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन, यस्तो बन्यो मन्त्रीपरिषद्

वि.सं.२०७८ साउन २८ बिहीवार

651 

shares

२८ साउन, बुटबल । लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ । विहीबार मुख्यमन्त्रीमा कुलप्रसाद केसीको शपथसँगै नवनियुक्त ६ जना मन्त्रीहरुलाई पनि प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

मुख्यमन्त्री केसीको नेतृत्वकाे सरकारमा नेपाली काँग्रेसका डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकासमन्त्रीको शपथ लिएका छन्, भने माओवादी केन्द्रका कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका हसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् ।

अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले भने विनाविभागीय मन्त्रालय पाएका छन् । ढेंगा र शर्मा जनता समाजवादीबाट मन्त्री बनेका हुन्,  शाही स्वतन्त्र सांसद हुन् ।

यस्तो बन्यो मन्त्रीपरिषद् :
मुख्यमन्त्री – कुलप्रसाद केसी
मन्त्री, ग्रामीण विकास – डिल्लीबहादुर चाैधरी
मन्त्री,आर्थिक मामिला – कृष्णध्वज खड्का
मन्त्री, भाैतिक पूर्वाधार – शहसराम यादव
मन्त्री, विना विभागीय – अजय शाही
मन्त्री, विना विभागीय – सुमन शर्मा रायमाझी
मन्त्री, विना विभागीय – पुर्मती ढेंगा

वि.सं.२०७८ साउन २८ बिहीवार २०:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...