back
CTIZAN AD

बाढीबाट बच्न कैलालीका स्थानीयवासीलाई पूर्वतयारीसम्बन्धी सिकाइँदै

वि.सं.२०७८ साउन २९ शुक्रवार

594 

shares

२९ साउन, टिकापुर । कैलाली जिल्ला बाढीको उच्च जोखिममा रहेको जिल्ला हो ।

जिल्लाको टीकापुर र भजनी नगरपालिकामा बर्सेनि बाढीबाट ठूलो धनजनको क्षति हुन्छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढेपछि जोखिमबाट बच्न भजनीका प्रभावित क्षेत्रका स्थानीयवासीलाई पूर्वतयारीसम्बन्धी घटना अभ्यास गरी सिकाइएको छ ।

नगरपालिका र प्रयास नेपाल कैलालीको आयोजनामा भजनी–३ को कर्मदेव घाटमा बाढी सचेततासम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले घटना अभ्यास गराउँदा नागरिक बाढीको समयमा उद्धार तथा प्राथमिक उपचारजस्ता कार्यमा सचेत बन्ने बताए । “बाढी आउँदा कसरी बच्न सकिन्छ भन्ने ज्ञान स्थानीयवासीले पाएका छन्”, बिनाडीले भने, “प्रभावित क्षेत्रका नागरिकलाई यसैगरी सचेत गराउन आवश्यक छ ।”

बाढी पूर्वतयारी तथा बाढी आउँदा कसरी उद्धार गर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कृत्रिम घटना अभ्यास आयोजना गरिएको प्रयास नेपाल कैलालीका कार्यकारी निर्देशक लोकराज जोशीले बताए।

“बाढीमा बगेकालाई कसरी उद्धार गर्ने, नदीबीचमा फसेकालाई कसरी उद्धार गर्ने तथा आगलागी हुँदा कसरी निभाउने, प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा स्थानीयवासी खोज तथा उद्धार सहयोगी कार्यदलले कृत्रिम घटना अभ्यास गरेका छन्”, जोशीले भने, “यसले स्थानीयवासीले धेरै ज्ञान लिएका छन्, बाढी आएमा अब डराउने होइन, बाढीमा फसेकालाई उद्धार गर्नेतर्फ नागरिक सचेत हुनेछन् ।”

प्रभावित क्षेत्रका नागरिकको क्षमता विकासका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, कोष सञ्चालन कार्यविधि निर्माण, स्थानीय विपद् व्यवस्थापन समितिअन्तर्गत खोज तथा उद्धार कार्यदललाई तालिम सञ्चालन, खोज तथा उद्धार सामग्री सहयोग, डुङ्गा मर्मत, उच्च धारा तथा आकस्मिक शौचालय निर्माण एवं मर्मतका काममा भजनीको वडा नम्बर ३ र ८ मा विभिन्न कार्यक्रम भइरहेका छन् ।

नागरिकलाई बाढीबाट जोगाउन गरिएका यी सबै प्रयास सराहनीय रहेका नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रङ्गप्रसाद तिमिल्सेना बताउँछन् ।

“नागरिकलाई जोखिमबाट बचाउन र उनीहरुको क्षमता विकास गर्न भएका प्रयास लाभदायक छन्”, तिमिल्सेनाले भने, “यति मात्रले हुँदैन, अब बाढीबाट बच्न दीर्घकालीन उपायको खोजी आवश्यक छ ।”

नगरपालिकासँग मिलेर त्यहाँ कार्यरत प्रयास नेपाल कैलालीले नगरपालिकाको वडा नम्बर ३ र ८ मा विपद्का बेला प्रभावित व्यक्ति र घरपरिवारलाई नगद राहत सहयोग हस्तान्तरणका लागि सर्वेक्षण फारम भरेर व्यक्तिगत तथा पारिवारिक विवरण, विपद् जोखिमतालगायतका तथ्याङ्कसमेत सङ्कलन गरिरहेको प्रयास नेपाल कैलाली कोभिड–१९ बाढी पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका संयोजक मनिराम पाण्डेले जानकारी दिए ।

गत वर्ष भजनीमा आएको बाढीमा बगेर तीन जनाले ज्यान गुमाएका थिए । बाढीका कारण हजारौँ परिवार प्रभावित भएका थिए भने सयौँ परिवार विस्थापित भएका थिए । गत वर्ष विस्थापित भएका केही परिवार अझै गाउँ फर्कन सकेका छैनन् ।
रासस

वि.सं.२०७८ साउन २९ शुक्रवार ११:४० मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...