back
CTIZAN AD

मेगा बैंकको अधिकांश सूचकमा सुधार, ४५ प्रतिशतले बढ्यो बैंकको खुद नाफा

वि.सं.२०७८ साउन २९ शुक्रवार

1K 

shares

२९ साउन, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमासमा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।

आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा मेगा बैंक को खुद नाफा ४५.१६ प्रतिशतले बढेको छ । चौथो त्रैमासमा बैंकले २ अर्ब ३० करोड खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५८ करोड रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३८.९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २६.९० प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रहेको छ । त्यसैगरी बैंकको जगेडा कोष पनि १५.९२ प्रतिशत बढेको छ ।

बैंकको चुक्ता पूँजी ११.५४ प्रतिशतले बढेर १४ अर्ब ६५ करोड पुगेको छ अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड रहेकाे थियाे ।

बैंकको प्रति शेयर आम्दानी १५.७१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३८.५५ रुपैयाँ रहेको छ ।

 

वि.सं.२०७८ साउन २९ शुक्रवार ११:३२ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...