back
CTIZAN AD

खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने

वि.सं.२०७८ साउन २९ शुक्रवार

741 

shares

२९ साउन, काठमाडौँ । कोभिड १९ विरुद्ध खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप प्रमाणीकरण आवश्यक पर्ने व्यक्ति स्वयम्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्ने जनाएको हाे।

अनलाइनबाट प्रमाणपत्र लिनका लागि खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी क्युआर कोडसहितको प्रमाणीकरण प्राप्त गर्न सकिने बताइएको छ ।

आवश्यक डकुमेन्टहरु अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतः भेरिफाई हुनेछ। यस विषयमा कुनै समस्या भएमा जनस्वास्थ्य अधिकृत दिपक झालाई मोबाइल नम्बर ९८४३२८४३५२ मा सम्पर्क गर्न भनिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोडसहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिहरुमा क्युआर कोडसहितको प्रमाणपत्र प्राप्त भएपछि मात्र टिकट लिनका लागि अनुरोध गर्दै आएको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १९:४८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...