back
CTIZAN AD

नेपाली विद्यार्थी समाज जापानद्वारा सल्लाहाकार समिती चयन, को–को छन् त समितिमा ?

वि.सं.२०७८ साउन २९ शुक्रवार

840 

shares

१३ अगस्त, जापान । नेपाली विद्यार्थी समाज जापानले सल्लाहकार समिति चयन गरेको छ ।

समाजले आफ्ना गतिविधीहरुलाई थप सक्रिय रुपमा अघि बढाउनका लागि २०२१–२०२३ कार्यकालका लागि संरक्षक तथा सल्लाहाकार समिती समेत चयन गरेको हो ।

समाजका अध्यक्ष अजय रानाका अनुसार प्रमुख सल्लहाकारमा नेसाजका पूर्वअध्यक्ष समेत रहेका डा. सरोज कंडेल र संरक्षकमा नेसाजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भुसाल तथा सल्लाहकारहरुमा गोबिन्द श्रेष्ठ, डा. सुदिप अधिकारी, डा. वेद काफ्ले, डा. हरी देवकोटा, डा. होम बहादुर रिजाल, डा. भरत नेगी, शिव प्रसाद पौडेल, जिज्ञान कुमार थापा, दिपक कार्की, नरेन्द्र कुमार बस्नेत, रिशभ पौडेल र बिमल अधिकारी रहेका छन् ।

सल्लाहकार समितिबारे बताउँदै समाजका महासचिव सन्जय कार्कीले समितिका सबै सल्लाहकारको सल्लाह सुझावले संस्थालाई अझ उचाइमा पुर्याउने कुरामा बिस्वस्त रहेको बताएका छन् ।

त्यस्तै समाजका सदस्य रोशन भट्टराईले जापान रहेका विद्यार्थीहरुमा आइपर्ने कुनै पनि समस्या समाधानका लागि नेपाली विद्यार्थी समाज जापान सदैव तयार रहेको बताए ।

सन् १९९७ मा स्थापना गरिएको नेपाली विधार्थी समाज जापान (नेसाज) ले स्थापनाकालदेखी नै जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ । साथै विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नका लागि जापानी भाषा वक्तत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन–अनुसन्धान गरेका व्यक्तित्वहरुका बिचमा गोष्ठी, ज्ञान सिपको आदान–प्रदान लगायत विभिन्न ज्ञानमुलक कार्यक्रमहरु समेत गर्दै आईहेको छ ।

No description available.

वि.सं.२०७८ साउन २९ शुक्रवार २०:१७ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...