फनफनी बेमौसमी आँधी सरी चल्यो जिन्दगानी
पलपल त्यो घाटको चिता सरी जल्यो जिन्दगानी
नाउ खियाउने दाउ थियो मनमा सागर भेटिएन
रहरहरु खियाउँदा खियाउँदै गल्यो जिन्दगानी
साथी भन्नू साथमा थियो हरपल आफ्नै बेजान छायाँ
दिएन हात हिँड्दा हिँड्दै बिच डगर ढल्यो जिन्दगानी
पुतली बनी नाच्थें फुलबारीमा भँवरा बनी डुल्थें पनि
कुन पापीको नजर लाग्यो मलाई थल्यो जिन्दगानी
गुलाफ बनी फुलें बगैंचामा न त गुँरास बनी झुलें
रहेछु अभागी सल्लो म तारे भीरमा फल्यो जिन्दगानी ।
वि.सं.२०७८ साउन ३० शनिवार ०६:३० मा प्रकाशित






























