back
CTIZAN AD

गजल

वि.सं.२०७८ साउन ३० शनिवार

975 

shares

फनफनी बेमौसमी आँधी सरी चल्यो जिन्दगानी
पलपल त्यो घाटको चिता सरी जल्यो जिन्दगानी

नाउ खियाउने दाउ थियो मनमा सागर भेटिएन
रहरहरु खियाउँदा खियाउँदै गल्यो जिन्दगानी

साथी भन्नू साथमा थियो हरपल आफ्नै बेजान छायाँ
दिएन हात हिँड्दा हिँड्दै बिच डगर ढल्यो जिन्दगानी

पुतली बनी नाच्थें फुलबारीमा भँवरा बनी डुल्थें पनि
कुन पापीको नजर लाग्यो मलाई थल्यो जिन्दगानी

गुलाफ बनी फुलें बगैंचामा न त गुँरास बनी झुलें
रहेछु अभागी सल्लो म तारे भीरमा फल्यो जिन्दगानी ।

वि.सं.२०७८ साउन ३० शनिवार ०६:३० मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...