१.
रम्न म काहाँ पाऊँ ?
कहर छ कोरोनाको
हुँ कर्मशिल चिकित्सक ।
२.
बेहोसी बनाउने
रुप,यौवन छ तिम्रो
यो मन सम्हालुँ कसरी ?
३.
आमा चुँडिस् नि दैब
खोसियो मातृवात्सल्य
रोदन सुनाउँ के गरि?
४
कोरोनाकै कारण
कठै!परेको छ चोट
कलिला मस्तिष्कहरुमा ।
५.
भुल्नै सकिन मैले
याद ती तिमी सङ का
खिल भै गड्यो हृदयमा ।
६
स्वार्थी भएर मान्छे
बालीमा छर्छ विषादी
कहाँ भो प्रकृति पुजारी ?
७
झुक्किएछ नयन
रुप त्यो मायालु लाग्थ्यो
तर,मन ढुङ्गो रहेछ ।
८
लाग्छ धर्ती अधेँरो
दुई सन्तान यी हाम्रा
निमेषभर जो हराए ।
९
बिग्रेको छ मौसम
प्रदुषण यो बढेर
करामत हाम्रै त हो नि ।
१०
नयन जुधेकै हो
खै ! कुरा हुनै सकेन
न तिमीले बोल्यौ न मैले ।
वि.सं.२०७८ साउन ३० शनिवार ०६:५० मा प्रकाशित






























