back
CTIZAN AD

वागमती प्रदेशमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृत्युहुनेको संख्या ४,१६९ पुग्यो

वि.सं.२०७८ साउन ३१ आइतवार

600 

shares

३१ साउन, काठमाडौं । वागमती प्रदेशमा शनिवार थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार काठमाडौंका ४३, ६४ र ७४ वर्षीया ३ महिला र ८७ र ६४ वर्षीय २ पुरुष गरी ५ जना, रामेछापकी ७२ वर्षीया एक महिला, ललितपुरका ३० वर्षीय र धादिङका ७१ वर्षीय पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

शनिवार मृत्यु भएका ८ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार १६९ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिवार प्रदेशमा ६ हजार ५०१ नमुना परीक्षणमा १,२३२ जनामा संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा ७५२ जना संक्रमणबाट मुक्त भएका छन् ।

प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ९७ हजार ५४१ पुगेको छ भने सोहि अवधिमा संख्या ३ लाख ७६ हजार ५०८ जना संक्रमणबाट मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा ४७१ र भेन्टिलेटरमा १०५ जनाको उपचार भइरहेको छ । साथै १४ हजार ८०२ कोरोना संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

वि.सं.२०७८ साउन ३१ आइतवार ०९:३७ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...