मन्दिरा मधुुश्री चल्तिकी कथाकार हुन यतिबेला । उनले लेखेर फ्याँक्ने बित्तिकै सञ्जालमा हारालुछ नै मच्चिएजस्तो हुन्छ धेरैजसो । उनको ‘मासुको मुल्य’ कथा साहित्य बजारमा आएपछि कथाकार मन्दिराका कथाका मुल्य पनि आकाशिएको देखिन्छ । उनको तीक्ष्ण कल्पनाशक्ति र कलात्मक प्रस्तुतिका कारण पाठकहरुले उनलाई लघारीरहेका छन् । उनको कथामा आधारित भएर ठूलो पर्दाको चलचित्र ‘घिन्ताङ’ बन्दैछ । र अर्को कुरा घिन्ताङको पटकथा पनि मन्दिरा आफैँले लेखेकी हुन् ।
मन्दिरा कसरी कथाकार बनिन् ? एउटा लेखन प्रयासबाट सफल कथाकार बन्न कसरी सकिएला ? उत्कृष्ट कथा कसरी बन्छन् ? आदि विषयमा संसार न्यूजले मन्दिरा मधुश्रीसँग गरेको कुराकानीको संक्षेप :
सर्वप्रथम शिक्षाबाटै शुरु गरौँ न यहाँको यात्रा ?
म भोजपुरको राधाकृष्ण निमाविमा ७ कक्षासम्म पढेपछि सुनसरीको खनारमा ८ कक्षा भर्ना भएँ । शारदा मा.वि. सुनसरीबाट माध्यमिक तह उत्तिर्ण भएपछि जनता क्याम्पस इटहरीबाट आइए गरेँ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट बिए र डिग्री क्याम्पस बिराटनगरबाट स्नातकोत्तर गरेकी हुँ । ‘झाँगड जातिको लोककथा’ मेरो त्यति बेलाको अनुसन्धानको उपज हो ।
दृश्यले, घटनाले, पात्रले र शब्दले संयोजित हुने प्लट हो, कथा । जब दिमागमा विषय क्लिक हुन्छ, तब त्यहाँ कल्पनाले प्लट रुपि बाटो बनाउने प्रयास गर्छ ।
तपाईंको खास साहित्यिक पाइला कहिलेदेखि सुरु भयो ?
वि.सं २०५६ मा मुक्तिनाथबाट पोखरा हुँदै मनोकामना आउँदा गाडीमै यौनहिंसा भोग्नुपरेपछि मैले ‘शहरको कथा’ कोरेँ । जुन २०५७ श्रावणको मधुपर्कमा छापिएको थियो । त्यसपछि मैले लेखनलाई निरन्तरता दिइरहेँ । गुन्जन, रचना, अभिव्यक्ती, गरिमा जस्ता पत्रपत्रिकामा निरन्तर रचना प्रकाशन हुन थाले । यसैक्रममा माधव वियोगीले पोखराबाट ‘खनार ४ सुनसरी’ को मेरो ठेगानामा पठाएको गजल किताब पाएकी थिएँ । त्यसपछि मैले गजल पनि लेख्न थालेँ । पहिलोपटक पोखराको चेतनापत्र दैनिक पत्रिकामा गजल छापियो ।
मैले बिराटनगरमा परशु प्रधान, नारायण तिवारी र विवश पोखरेललाई कथा लेखेर देखाउँथेँ । अनि काठमाडौंमा नारायण ढकाललाई पनि पठाउथेँ । उहाँहरूको प्रतिक्रिया सुझाव र मार्गदर्शनले मेरो कथा यात्रा सहज बन्दै गयो । विराटनगरमा वाणि प्रकाशनको पाक्षिक साहित्यिक कार्यक्रममा मेरो साहित्य निखारिँदै गयो । कथामा र गजलमा उतिकै मेरो छुट्टै परिचय बन्दै गयो । मैले कथा, गजल, गीत, लघुकथा, नियात्रा हुँदै उपन्यासमा पनि प्रवेश गरेकी छु ।
अहिलेसम्म कति लेख्नुभयो होला र कस्तो अनुभूति छ तपाईँलाई ?
मैलै अहिलेसम्म ७५ –८० वटा लेखेका कथा मध्ये ३०– ३५ वटा प्रकाशित होलान् । मेरो गजल सङ्ग्रह ‘मधुराग’ २०७६ जेठमा पहिलो संस्करण र त्यही साल माघमा दोस्रो संस्करण प्रकाशित भएको छ । मेरो प्रहिलो कथा सङ्ग्रह ‘बुधनको घोडी’ २०७२ जेठ २७ गते प्रकाशन भएको थियो । त्यो सङ्ग्रहको शीर्ष कथा ‘बुधनको घोडी’ अहिले कक्षा ११ को पाठयक्रममा अभ्यास खण्डमा राखिएको छ । अर्को कथा संग्रह ‘आधापाटो’ तयारी छ भने अन्य ४ वटा कथासंग्रह लाइनमा छन् । यसैगरी उपन्यास तर्फ पनि मैले कलम चलाएकी छु । अहिले म ‘श्री’ उपन्यासको अन्तिम चरणमा छु । ‘श्री’ उपन्यास मैले छोरी शुभश्रीलाई उनको सोह्रौ जन्मदिनको उपलक्ष्यमा सर्प्राइज उपहार दिएकी हुँ । यो उपन्यासमा मैले अलिकति फरक प्रयोग गरेकी छु । आशा छ यो कृतिलाई पनि पाठकले मन पराउनु नै हुनेछ ।
लेखेर मात्र ज्यान पाल्न सकिने स्थिति हाम्रो नेपालमा अझै बनेको छैन । पठन संस्कृति पनि कमजोर नै छ । अनि लेखकहरूको कृतिको मूल्याङ्कन गरिदिने संस्कार संस्थागत हुन अझै सकेको छैन । राज्यले पनि साहित्य र साहित्यकारलाई राज्यकै एउटा अङ्ग हो भनेर हेरेकै छैन अहिलेसम्म । त्यसैले लेखेर केही हुन्न भन्ने हीनताबोध पनि पलाउन थालेको छ अधिकांश स्थापित लेखकहरूमा ।
टाँगा साहित्यका रुपमा परिचित ‘बुधनको घोडी’ लाई चितवनका साहित्यकार एकदेव अधिकारीले अंग्रेजीमा अनुवाद गर्नुभएको छ । एसिया महादेशमा टाँगा वा टाँगावालामा लेखिएको साहित्यको अनुसन्धान गर्ने प्रक्रियामा यो कथा पनि अनुसन्धानमा परेको छ ।
म विविधतामा ध्यान दिने गर्छु लेखनमा । धेरै फरक फरक कथा मध्ये मैले ‘सिट नं १२’ मा काठमाण्डौबाट इटहरीको सम्मको यात्रामा १२ नम्बर सिटमा बसेको पात्रको मनोवैज्ञानिक चित्रण र यात्राको वर्णन गरेकी छु भने ‘पाँचौ युग’ कथामा विश्वलाई हाहाकार बनाउने कोरोनाको कुन उद्देश्यले पृथ्वीमा उत्पत्ति भएको हो भन्ने कोरोनाको अनौंठो र रोचक कथा उतारेकी छु । यी कथाहरू पनि अत्याधिक रुचाइएका हुन् ।
लेखन र पारिश्रमिक वा पुस्तक बिक्रिबारे यहाँको अनुभूति के छ ?
सुरुमा मेरो लेखन व्यक्तित्व विकास र पहिचानका लागि नै थियो । मैले पहिलो पारीश्रमिक चाहिँ नेपाल बैंक लिमिटेडको मुखपत्र आवाज २०५६ मा लघुकथा छापिएपछि पाएको रु. २०० नै हो । त्यसपछि क्रमशः प्रायः सबैजसो साहित्यिक पत्रिकामा रचना त छापिएका छन् । तर पारिश्रमिक दिने पत्रिका भने गरिमा, मधुपर्क, समस्टी जस्ता पत्रिका मात्रै थिए । अरु धेरैले पारिश्रमिक दिँदैनथे । अहिले पनि थुप्रै पत्रपत्रिका छन् । तर पारिश्रमिक दिने नगण्य मात्रै छन् । आजभोलि त वर्षादका च्याउ झैँ अनलाईन खुलेका छन् । धेरै पत्रिका र अनलाईनले रचना माग्छन् तर टाइप खर्च पनि दिँदैनन् ।
किताब बिक्री गरेर पैसा पाएको अनुभव मेरो कमै छ । कुनै प्रकाशकले नपत्याए पछि मैले बुधनको घोडी आफैंले निकालेको हो । र, धेरैलाई मैले त्यो किताब त्यतिकै बाँडेर सकेँ । ‘तिम्रो किताब पनि हामीले किनेर पढ्ने ? हस्ताक्षर गरेर उपहारस्वरूप पो दिनुपर्छ त’ भन्ने धेरै भेटिए । लगानी भएको भन्दा निकै थोरै रकम मात्रै मैले बिक्री गरेर उठाउन सकेँ । ‘मधुराग’ प्रहिलो संस्करण त सकियो तर दोस्रो संस्करण निस्केदेखि लकडाउन नै छ त्यो पनि बिक्री भएको छैन ।
सामान्य अर्थमा भन्नुपर्दा कथा तत्व भित्र कल्पना, विषयवस्तु, घटना, चरित्र, स्थान, परीवेश, शैली, उद्देश्य र दृष्टिबिन्दु लगायतका कुराहरु पर्दछन् । पात्र र संरचना बनाएपछि पात्रको स्तर र बौद्धिक चेतनाको हैसियत अनुसार विषयवस्तुको प्रस्तुति, संवाद, शैली र जनबोलीको भाषाका माध्यमबाट पठनीय बनाउनु पर्दछ ।
म अचेल बालकथा पनि लेख्छु । मेरो बालकथा इबुकमा पनि आएको छ । ‘छटटु स्यालको चोर्ने दाउ’ भन्ने मेरो बाल कथालाई एन्टना फाउन्डेशन मार्फत २० हजार पारीश्रमिक मिल्यो । लेखेर पनि कमाइँदो रहेछ भन्ने पुष्टि हुँदा खुसी नै लाग्यो । मेरो कथा ‘मासुको मूल्य’ अब सिनेमा बन्दैछ । सायद यसले राम्रै पारिश्रमिक दिलाउला कि । लेखेर मात्र ज्यान पाल्न सकिने स्थिति हाम्रो नेपालमा अझै बनेको छैन । पठन संस्कृति पनि कमजोर नै छ । अनि लेखकहरूको कृतिको मूल्याङ्कन गरिदिने संस्कार संस्थागत हुन अझै सकेको छैन । राज्यले पनि साहित्य र साहित्यकारलाई राज्यकै एउटा अङ्ग हो भनेर हेरेकै छैन अहिलेसम्म । त्यसैले लेखेर केही हुन्न भन्ने हीनताबोध पनि पलाउन थालेको छ अधिकांश स्थापित लेखकहरूमा ।
तपाईँको विचारमा कथा के हो ?
जीवनको एक महत्वपूर्ण चित्र हो, जहाँ जीवनका विविध रङ पोतिएको हुन्छ ! नीर्जिव पात्र पनि सजिव बनेको हुन्छ । दृश्यले, घटनाले, पात्रले र शब्दले संयोजित हुने प्लट हो कथा । जब दिमागमा विषय क्लिक हुन्छ, तब त्यहाँ कल्पनाले प्लट रुपि बाटो बनाउने प्रयास गर्छ ।
खासगरी कथाका तत्व के लाई मान्ने र कसरी पठनीय बनाउने ?
यो विषयमा निकै लामा लामा बहश भै रहेकै छन । सामान्य अर्थमा भन्नुपर्दा कथा तत्व भित्र कल्पना, विषयवस्तु, घटना, चरित्र, स्थान, परीवेश, शैली, उद्देश्य र दृष्टिबिन्दु लगायतका कुराहरु पर्दछन् । पात्र र संरचना बनाएपछि पात्रको स्तर र बौद्धिक चेतनाको हैसियत अनुसार विषयवस्तुको प्रस्तुति, संवाद, शैली र जनबोलीको भाषाका माध्यमबाट पठनीय बनाउनु पर्दछ ।
कथाको मूल्य के लाई मान्ने ?
मुख्यतः पाठकको सन्तुष्टि नै कथाको मूल्य हो । अनि त्यसबाट सृजित सामाजिक र आर्थिक पाटो पनि उत्तिकै महत्वपूर्ण कुरा हो ।
तपाईँको कथाका मुख्य विषयवस्तु के हुन् ?
खासगरी सामाजिक यथार्थ र मनोबिज्ञान नै मेरो कथा÷उपन्यासको मुख्य विषय हो । त्यसमा केही यौन मनोबिज्ञान पनि छ ।
वि.सं.२०७८ साउन ३१ आइतवार ०९:२१ मा प्रकाशित
































