३१ साउन, काठमाडौं । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोले देशका विभिन्न भू–भागमा मध्यम देखि भारी वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ साउन ३१ आइतवार ०९:१४ मा प्रकाशित






























