back
CTIZAN AD

अफगानिस्तानबाट पश्चिमी सेनाको बहिर्गमन हुनु गलत: मर्केलको दलको भनाइ

वि.सं.२०७८ भदौ १ मंगलवार

708 

shares

१ भदौ, बर्लिन । अफगानिस्तानबाट बिना तयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ’सबैभन्दा ठूलो भूल’ भएकोे जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले सोमबार बताएका छन् ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैनिकको अफगानिस्तानबाट फिर्ता भएपछि तालिबान समूहले सत्ता आफ्नो कब्जामा लिएपछि सीडीयू पार्टीका प्रमुख आर्रिन लाश्चेटले भने, “अन्र्तराष्ट्रिय समुदायको यो सहभागिता सफल भएन भन्ने कुरा स्पष्ट छ ।”

“यो नेटोले आफ्नो स्थापना कालदेखि नै भोगेको सबैभन्दा गम्भीर परिणाम हो र हामी नयाँ विकासक्रमको परिवर्तनलाई हेरिरहेका छौँ ।”

सेप्टेम्बरको निर्बाचनपछि मर्केलको चान्सलर पदको उत्तराधिकारी बन्ने प्रबल सम्भावना रहेका सीडीयूका उम्मेदवार लाशेटले भने “जर्मनीको अहिलेको प्रमुख ध्यान अफगानिस्तानबाट जर्मन सैनिकको उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ ।”

उनले भने “तर हामी यस उद्धार मिशनपछि प्राप्त कारणहरू र निष्कर्षका बारेमा कुरा गर्नेछौं । जर्मनीमा, हाम्रा सहयोगी र अन्तरराष्ट्रिय समुदायमा गल्तीहरूबारे विश्लेषण गर्न कुनै रोक लगाइएको छैन । ’

वि.सं.२०७८ भदौ १ मंगलवार ०७:२९ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...