back
CTIZAN AD

कुलमानको नियुक्ति बदर र आफुँलाई साबिक पदमै थमौति गर्न हितेन्द्र देवको माग

वि.सं.२०७८ भदौ १ मंगलवार

636 

shares

१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफुँलाई हटाएर कुलमान घिसिङलाई कानुन विपरित ल्याइएको भन्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । सोमबार ‘कुलमानको नियुक्ति बदर र आफुँलाई निर्देशक पदमै थमौति गरिपाउँ’ भन्दै शाक्यले रिट निवेदन गरेका हुन् ।

शाक्यले रिटमा कानुन विपरित कुलमानलाई ल्याउने काम गरिएको दाबी गरेका छन् । आफुँलाई हटाएको आधिकारिक पत्र नपाएको पनि उनको जिकिर छ । उनले आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग पनि गरेका छन् ।

आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै उनले सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन् ।

शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् । यसअघि शाक्यकै सहमतिमा कुलमानलाई ल्याइएको चर्चा चलेको थियो । मन्त्रिपरिषदले शाक्यलाई सचिव सरहको सेवा सुविधाका साथ उर्जा आयोगमा नियुक्ति गरेको थियो ।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदवहाली गरेका थिए ।

शाक्यको कामप्रति सरकार छैन् सन्तुुष्ट
शाक्यको कामप्रति सरकार सन्तुुष्ट छैन् । उनको कार्यसम्पादन सन्तोषप्रदक नदेखिएसँगै विकल्प खोजेको उर्जा मन्त्रालयको भनाई छ ।

प्राधिकरण प्रमुखको जिम्मेवारी सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै सरकारले कार्यसम्पादनमाथि प्रश्न उठाउँदै आएको थियो ।

सरकारले कार्यसम्पादन र उनीसँगकै सल्लाहमा कुलमानलाई भित्र्याउँदै उनलाई जल तथा ऊर्जा आयोगमा सचिवसरहको पद सिर्जना गरी चार वर्षका लागि नियुक्त गरेको थियो । उनलाई प्राधिकरणमा पाइरहेकै सेवा सुविधा दिने गरी ऊर्जा आयोगको जिम्मेवारी दिइएको थियो ।

प्रश्नमा रिट निवेदन
उर्जा मन्त्रालयका अनुसार कुलमानको नियुक्ती र जल तथा उर्जा आयोगमा शाक्यको सरुवा सल्लाहमै भएको थियो । शाक्यले पनि आफुँलाई सम्मानजनक ठाउँ दिए स्वीकार्ने पनि बताएका थिए ।

उनले सार्वजनिक रुपमै भनेका थिए ‘नेपाल सरकारको कर्मचारी भएकाले आफूलाई दिइने जुनसुकै जिम्मेवारी स्वीकार गर्छु, दोष देखाएर होइन, आवश्यकताका आधारमा जिम्मेवारी दिए, म त्यसलाई स्वीकार गर्छु । सरकारको निर्णय शिरोपर छ ।’

उनलाई उर्जा आयोगमा उनलाई प्राधिकरणमा एममडीकै रुपमा खाइपाई आएको सेवा सुविधा दिनेगरी लगेको थियो । जसमा उनले सहमति पनि जनाएका थिए ।
तर, प्राधिकरणमा नियुक्त भएको ६ दिनपछि शाक्यले सरकारविरुद्व रिट दायर गरेका छन् । अहिले प्रश्न उठेको छ, उनले ६ दिनपछि मात्रै किन उक्त निर्णयविरुद्व सर्वोच्च पुगे ?

वि.सं.२०७८ भदौ १ मंगलवार ०७:४५ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...