back
CTIZAN AD

ओलीको रणनीति कमजोर, माधव पक्षमाथि गर्न सक्दैनन् कारबाही

वि.सं.२०७८ भदौ १ मंगलवार

603 

shares

भदौ १, काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला सम्भावित घटनाबारे रणनीति बनाउन एमालेको संस्थापन पक्ष छलफलमा जुटेको छ । ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा ओली पक्षका नेताहरु छलफलमा जुेटका हुन् ।

गठबन्धन सरकारले सोमबार अप्रत्यासित रुपमा संसद अधिवेशन अन्त्य गराएको थियो । संसद अधिवेशन अन्त्य गराएसँगै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाका बीच ओलीले सोमबार मध्यराती पार्टी एकताका लागि अपिल जारी गरेका थिए । साथै उनले पार्टीको स्थायी समिति र संसदीय दलको पनि बैठक बोलाएका थिए ।

माधव पक्षलाई कारबाही गर्ने सम्भावना

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला ओली पक्षले भने माधव पक्षका नेताहरुमाथि कारबाही गर्ने योजना बनाएको छ । यसअघि सोधिएको स्पष्टीकरणलाई आधार बनाएर माधव पक्षलाई निष्काशन गर्ने तयारी ओली पक्षको छ ।

ओली निकटका एक नेताले बताएअनुसार जारी स्थायी समिति बैठकबाट कारबाहीको निर्णय गर्ने सम्भावना छ ।

तर, ओलीको निर्णय अर्थहिन हुनसक्ने

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने रणनीतिमा देखिएका माधवकुमार नेपाल पक्षलाई अप्ठ्यारो पार्ने योजना ओलीको छ । ओली माधवसहित उनलाई साथ दिने सबै सांसदलाई कारबाही गर्ने तयारीमा छन् ।

तर, ओलीले बनाएको त्यो योजना अर्थहिन हुने देखिएको छ । कारबाही गर्ने निर्णय गरिएपनि कारबाही प्रक्रिया सभामुखले लम्बाउन मिल्ने आधारका कारण यस्तो देखिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा कुनै पनि सांसदलाई गरिएको कारबाही निर्णय संसदीय दलले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ । तर, उक्त निर्णय संसद अधिवशेनका चालु नरहेको अवस्थामा सूचना टाँस गरि जानकारी दिनुपर्छ ।

तर, कानुनी प्रावधानमै सभामुखले उक्त सूचना १५ दिनसम्मको समयभित्र जहिले जारी गरेपनि हुने अवस्था छ । यस्तोमा सभामुखले कारबाही प्रक्रिया धकेल्ने र माधव पक्षले दल दर्तालगायतका प्रक्रिया अगाडि बढाईसक्ने अवस्था देखिन्छ । जसका आधारमा ओलीको कारबाही अर्थहिन हुने देखिन्छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १३:१३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...