back
CTIZAN AD

कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता

वि.सं.२०७८ भदौ १ मंगलवार

600 

shares

१ भदौ, वाग्मती । वाग्मती प्रदेश प्रहरी कार्यालयले कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन १४ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो । दश जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ गण मुख्यालयसँग सम्झौता गरिएको हो ।

कार्यालयले मासिक रुपमा सम्पादन गर्नुपर्ने कार्यको सूचक निर्धारण गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजङग कार्की र मातहत कार्यालय प्रमुखबीच सोमबार कार्यसम्पादन सम्झौता भएको हो ।

एक बर्षे कार्यअवधि रहेको कार्यसम्पादन सम्झौताले निर्धारण गरेका सूचकको मासिक मूल्याङ्कन गरी मातहत कार्यालयको कार्य सम्पादनकोस्तर निर्धारण गरिने छ । मासिक मूल्याङ्कन गर्ने मापदण्डसमेत निर्धारण गरिएको हो ।

सेवा प्रवाहलाई प्रणालीबद्ध बनाउने र शान्ति सुरक्षा एवं अपराध रोकथाम तथा नियन्त्रणलगायतका कार्यको व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यावसायिक बनाउने उद्देश्यले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गरिएको जनाइएको छ ।

शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान एवं नियन्त्रण, आन्तरिक व्यवस्थापनका साथै प्रहरी कर्मचारी दक्षता एवं उत्प्रेरणा अभिवृद्धि र प्रहरी सेवा प्रवाहसँग सम्बन्धित विषयलाई प्रमुख लक्ष्य निर्धारण गरी सो अन्तर्गतका सम्पादन गर्नुपर्ने कार्य सूचक निर्धारण गरिएको छ ।

उल्लेखित सूचक अनुरुप मातहत कार्यालयले सम्पादन गरेका कार्यलाई मासिक रुपमा मूल्याङ्कन गरी देखिएका कमिकमजोरीलाई तत्कालै सुधार गर्ने उद्देश्यसहित कार्यसम्पादन सम्झौता गरिएको हो ।

कार्यालयले गत आर्थिक वर्षदेखि सुरुआत गरेको सम्झौता र मातहत कार्यालयको मासिक मूल्याङ्कन प्रणालीलाई यसवर्ष थप परिमार्जन र वस्तुनिष्ठ बनाउँदै कार्यसम्पादन सूचक निर्धारण गरिएको छ ।

सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिबद्व, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाउने, तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसँग आवद्व गर्दै समग्रतामा जनता र सङ्गठनप्रति जवाफदेही बनाउने कार्यसम्पादन सम्झौताको मुख्य उद्देश्य रहेको छ ।

यसैगरी सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनकोस्तर बढाउन आन्तरिक क्षमता सुदृढ गर्ने , स्पष्ट योजनाका साथ कार्य प्रारम्भ गर्दै मातहतका सकल दर्जाको मनोबल अभिवृद्धि गर्ने, नागरिक र प्रहरी बीचको सहकार्यलाई थप प्रभावकारी बनाउने छ ।

यसैबीच जिम्मेवारी क्षेत्रभित्रको विद्यमान सुरक्षा चुनौतीको विश्लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिन गुण्डागर्दी, तस्करी, ठगी, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत अन्य अपराधका साथै भ्रष्टाचारजन्य क्रियाकलापसमेत हुन नदिने सम्झौतामा उल्लेख गरिएको छ ।

कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्याङ्कनसँग आवद्ध गरिनेछ । कार्यसम्पादनस्तरको मूल्याङ्कन मासिक रुपमा नै हुने कार्य सम्पादन सम्झौतामा उल्लेख छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १२:५९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...