३, भदौ, काठमाडौं । प्रस्तावित नेकपा एमाले (समाजवादी) का नेता माधवकुमार नेपाल निकटका यादवचन्द्र शर्मालाई बाग्मती प्रदेश प्रमुखमा नियुक्ति गर्ने निर्णय सरकारले गरेको छ । स्रोतका अनुसार आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गर्दै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिसका लागि पेश गर्नेछ ।
शर्माले माधवकुमार नेपाल निकट रहेर लामो समयदेखि काम गर्दै आएका छन् । हालसम्म प्रमुखको जिम्मेवारीमा विष्णुप्रसाद प्रसाईं रहँदै आएका थिए ।
वि.सं.२०७८ भदौ ३ बिहीवार १८:२४ मा प्रकाशित





























