back
CTIZAN AD

मुख्यमन्त्रीका लागि सहयोग माग्दै भीम आचार्य कोटेश्वर पुगेपछि…

वि.सं.२०७८ भदौ ७ सोमवार

648 

shares

भदौ ७, काठमाडौं । पार्टी विभाजन गर्न हौस्याउने तर अन्तिम समय धोका दिएका भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्न सहयोग माग्दै कोटेश्वर पुगेका छन् । शनिबार बिहान उनी एमालेबाट अलग भएका नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।

नेपाल निकट स्रोतले बताएअनुसार भेटमा आचार्यले प्रदेश १ को मुख्यमन्त्री बन्नका निम्ति नेता नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए । उनले आफ्नो पक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहमत भएको भन्दै नेता नेपालसँग सहयोग मागेका थिए । एमालेको एकल बहुमत रहेको प्रदेशमा अन्य दललाई भित्र्याउन नहुने तर्क आचार्यको थियो ।

नेता नेपालले भने उनको प्रस्तावलाई सिधै अस्वीकार गरिदिएका थिए । नेपाल निकट स्रोतले बताएअनुसार अन्तिम समय धोका दिएका आचार्यप्रति नेता नेपाल निकै कडा रुपमा प्रस्तुत भएका थिए ।

यसअघि औपचारिक रुपमा एमालेबाट अलग हुँदै नयाँ दल दर्ताको तयारीमा जुटिरहेका बेला नेता आचार्यले माधव नेपालको पक्षमा १० प्रतिशत पनि मान्छे नजाने टिप्पणी गरेका थिए । उनले नेता नेपालले व्यक्तिगत स्वार्थ केन्द्रित रहेर पार्टी विभाजन गराएको भन्दै आलोचना गरेका थिए ।

तर, माधव छाडेर एमाले तिर फर्किएका उनी मुख्यमन्त्रीको प्रस्ताव आएसँगै भने फकाउन पुगेका हुन् । हाल प्रदेश १ मा माधव पक्षका नेतालाई मुख्यमन्त्री बनाउने तयारी गठबन्धनको छ । नेपाल पक्षले गठबन्धनको सहयोगमा नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने तयारी गरेको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार १२:४३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...