back
CTIZAN AD

‘सरल बचत फण्ड-ई’ म्युचुअल फण्ड निष्काशन गर्दै एनएमबि क्यापिटल

वि.सं.२०७८ भदौ ८ मंगलवार

621 

shares

८ भदौँ, काठमाडौँ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौँ १७ गतेदेखि खुलामुखी म्युचुअल फण्ड एनएमबि सरल बचत फण्ड-ई निष्काशनमा ल्याउन भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गर्ने क्यापिटलले भएको छ । त्यसैगरी, कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ २१ गतेदेखि गतेसम्म आवेदन दिन सकिनेछ । उक्त इकाईमा न्यूनतम १ सय इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १४:४४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...