back
CTIZAN AD

५५ अकंले घट्यो नेप्से, १४ कम्पनीको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट

वि.सं.२०७८ भदौ ८ मंगलवार

666 

shares

८ भदौँ, काठमाडौँ । आज सेयर बजार (नेप्से) ५५ दशमलब ८९  अकंल घटेर ३१२५ दशमलब ०१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १२ दशमलब ७७ अकंले घटेर ५७७ दशमलब ७० अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्य २२५ कम्पनीको १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ५९ रुपैंया बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ५६ हजार ९ सय १३ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, नेशनल हाईड्रोपावर, रिडी हाईड्रोपावर, नेपाल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, नेपाल बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज १४ कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज युनिभर्सल पावर, यूनियन हाईड्रोपावर, शिवश्री हाईड्रोपावर, रुरु जलविद्यृत, नेशनल हाईड्रोपावर, एचआईडिसीएल, दिव्यश्वरी हाईड्रोपावर, खानीखाेला हाईड्रोपावर, सिनर्जी पावर, नेपाल हाईड्रो डेभलोपर्स, कालिका पावर कम्पनी, आँखुखोला जलविद्यृत, जोशी हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर लगायतका कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज सबै भन्दा धेरै कमाउनेमा भने जिवन विकास लघुवित्त, गोखार्ज फाइनान्स, सेन्ट्रल फाइनान्स, नेको इन्स्यारेन्स लगायतका कम्पनीका लगानीकर्ताहरुले परेका छन ।

आज भएको कारोबारमा ३३ कम्पनी लागनीकर्ताले कमाउदाँ १४५ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ८ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १५:२७ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...