back
CTIZAN AD

एमालेमा ‘ओली पछिको म हुँ’ भन्ने बादलको बरियता पुग्यो ९ नम्बरमा

वि.सं.२०७८ भदौ १० बिहीवार

1.1K 

shares

भदौ १०, काठमाडौं । नेकपा (एमाले)मा ‘पार्टी अध्यक्ष केपी शर्मा ओली पछिको म हुँ’ भन्ने रामबहादुर थापा ‘बादल’को बरियता ९ औं नम्बरमा पुगेको छ । माधवकुमार नेपाल पक्ष छाडेका तेस्रो धारका नेताहरु एमालेमा मिसिएसँगै उनको बरियता अन्यौंलामा परेको थियो ।

माधव पक्षले बेग्लै पार्टी गठन गरेपश्चात बिहीबार बसेको पहिलो केन्द्रीय समिति बैठकमा बादललाई ९ औं नम्बरमा राखिएको छ । उनलाई संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङभन्दा तलको तहमा राखिएको छ ।

बिहीबारको बैठकमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र उपनेता नेम्वाङ पछि बादलको कुर्सी छ ।

मंगलबार भएको स्थायी समिति बैठकपश्चात गरिएको फोटो शेसनमा बादललगायत अन्य नेताहरुलाई निकै पछाडि राखिएको थियो भने बुधबारको पत्रकार सम्मेलनमा पनि उनलाई अन्य स्थायी समिति सदस्य कुर्सी व्यवस्थापन गरिएको थियो ।

No description available.

पोखरेलभन्दा मुनिको बरियतामा पर्दा विरोधमा उत्रिएका थिए बादल

सर्वोच्चको आदेशसँगै ब्यूँतिएको एमालेमा बादलले आफ्नो बरियता ओली पछिको भन्दै दाबा गरेका थिए । बरियताको विषयमा तत्कालिन समय एमालेमा निकै किचलो पनि उब्जिएको थियो ।

ओली पछिको म हुँ भन्ने बादललाई ओलीले मिलाई मिलाई महासचिव ईश्वर पोखरेल पछिको बरियतामा राखेका थिए । जुन समय उनले विद्रोह गर्ने पनि चेतावनी दिएको विषय बाहिर आएको थियो ।

एमाले विवाद चुलिएको बेला गत वैशाख १० मा विघटित एमालेको महाधिवेशन आयोजक कमिटीले गठन गरेको स्थायी समितिमा बादललाई पोखरेल पछाडि राखिएको थियो ।

No description available.

सम्बन्धित समाचार

एमालेमा तेस्रो धारको ‘इन्ट्री’ पछि पूर्वमाओवादी समूहलाई अपमान

वि.सं.२०७८ भदौ १० बिहीवार १५:४३ मा प्रकाशित

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...