भनिन्छ जीवन बुझ्नका लागि एकपटक समसानघाटमा गएर हेर्नुहोस् वा जलिरहेको चितालाई हेर्नुहोस् जीवन के रहेछ भन्ने त्यहिबाट थाहा हुन्छ । तर, कतिपयलाई भने यस्ता कुराले छुँदोरहेनछ भन्ने एक महिलाले चरितार्थ गरेकी छन् ।
फ्रान्सकी एक महिलाले अन्तिम संस्कारका लागि वाकसमा राखिएको शबको घाँटी, औला र कानमा लगाएको गहना निकालेर लिने गरेको आरोपमा पक्राउ परेकी छन् ।
झण्डै साठी वर्षे उमेरकी ती महिलाले अन्तिम संस्कारमा पुग्ने र आफू उनको साथी भएको बताउँदै सम्मान प्रकट गर्न चाहेको बताइन् ।
मृतकका परिवारले पनि उनलाई शबसम्म पुग्न दिए । तर, उनी फर्किएपछि परिवारका सदस्य शब नजिक पुगेर हेर्दा मृतक महिलाको घाँटी, कान र औलामा लगाएका गहनाहरु नभएको पाइयो । फ्रान्सको एक समाचार ऐजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यस्तो देखेपछि परिवारका सदस्यले प्रहरीमा रिर्पोट गरे । प्रहरीले अनुसन्धानका क्रममा ती महिलाको घरबाट मृतकका शरिरमा रहेको गहनाहरु फेला पार्यो । प्रहरीले केहीदिन अघि अन्तिम संस्कार गृहमा व्यवस्थापन गरिएको शबबाट हराएको पैसाको थैली पनि बरामद गर्यो ।
यस्तो भेटिएपछि प्रहरीले थप अनुसन्धान गर्दै जाँदा ती महिलाको घरबाट हालै मृत्यु भएका मानिसहरु बारे जारी सूचना र परिवारका सदस्यका लागि शव राखिएको ठाउँसम्म पुग्नका लागि दिइएका कोड नम्बरहरु पनि फेला पारेको थियो ।
वि.सं.२०७८ भदौ १३ आइतवार १४:५० मा प्रकाशित


























