back
CTIZAN AD

माओवादीसँग गर्ने भनिएको एकतालाई किन ‘वाहियात’ भने माधवले ?

वि.सं.२०७८ भदौ १३ आइतवार

630 

shares

भदौ १३, काठमाडौं । पार्टी दर्ताको निवेदनमाथि सनाखतकै दिन पत्रकारहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आगामी चार महिनाभित्रै माओवादी केन्द्रलगायत अन्य दलसँग पार्टी एकता गर्ने बताएका थिए । उनले आफुँहरु एमालेबाट मात्र अलग भएको नभई नेपालको कम्युनिष्ट आन्दोलनलाई एकाकार बनाउन जुटेको बताएका थिए ।

चौधरीका अनुसार माओवादीसहित जनमोर्चा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायतका पार्टीसँग तत्कालै एकता गर्ने योजना छ । ‘मुलुकमा नेकपा (एकीकृत समाजवादी) चार महिना पछाडि सबैभन्दा ठूलो पार्टी बन्दैछ, मुलुकको सबैभन्दा ठूलो पार्टी र यहि पार्टीको वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ’, चौधरीले भनेका थिए, ‘माओवादी केन्द्र, एकिकृत समाजवादी, जनमोर्चा, विप्लव, मोहन वैद्यलगायतका सबै कम्युनिष्ट घटकका बीचमा एकता हुन्छ ।’

चौधरीले पार्टी एकताको काम पनि अगाडि बढेको दाबी गरेका थिए । ‘एकताका लागि तयारी अगाडि बढिसकेको छ, यसलाई टुंग्याउने प्रक्रियामा हामी अब अगाडि बढ्छौं’, चौधरीले भनेका थिए, ‘चौधरीले यसअघि पनि विभिन्न समयमा माओवादी पार्टीलगायतसँग एकता हुने बताएका थिए ।

तर, माधवले भने ‘वाहियात’

एकताको चर्चा आफ्नै नेताहरुमार्फत चलाएका माधवले एकता गर्ने विषयलाई भने वाहियात भनेका छन् । आइतबार पार्टीको पहिलो संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकताको चर्चालाई यस्तो टिप्पणी गरेका हुन् ।

‘कतिपटक भन्नुपर्छ, म प्रष्ट पार्न चाहन्छु । कसैकसैले भनिरहेका छन्, अरुको टाङमुनि छिर्न गइरहेका छन् । अरुको कार्यकर्ता बन्न गइरहेका छन् । तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन् । यो सबै वाहियात कुरा हुन्,’ नेता नेपालले भनेका छन्, ‘त्यसमा कुनै सत्यता छैन । गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा, जिल्लाजिल्लामा संगठन छ ।’

एमालेका नेता/कार्यकर्ता तान्ने रणनीति

एमालेबाट अलग्गिएर नयाँ पार्टी बनाएपछि माधव आफ्नो पार्टीलाई मजबुद बनाउने ध्याउन्नमा छन् । उनी एमालेका थप नेता तथा कार्यकर्तालाई एमालेबाट अलग्याउने रणनीतिमा देखिन्छन् । तत्कालै माओवादीलगायतसँग एकता गर्दा एमालेका नेताहरु बिच्किने देखेर उनले एकताको चर्चालाई ‘वाहियात’ भनेको एकीकृत समाजवादीकै एक नेताले बताए ।

केन्द्रदेखि तल्लो तहसम्म एमाले छँदा बनाइएका समानान्तर कमिटीलाई पार्टी संरचनामा ढाल्ने योजना आफुँहरुको भएको उनले खुलाए । ‘हामी समानान्तर कमिटीलाई नै अगाडि बढाउने योजनामा छौं, अन्य पार्टीसँग एकता नहुने होइन्, तर मुख्य कुरा आफ्नै पार्टी मजबुद बनाउने हुन्छ’, ती नेताले भनेका छन्, ‘एकता गर्नको लागि पनि त माथिदेखि तलसम्म कमिटी चाहियो ।’

माधव पक्षले केहि दिनमा नै तल्ला इकाईसम्मका संरचनालाई ब्यूँताउने योजनामा अगाडि सारेको छ । ओलीलाई मन नपराउने तर एमालेमै रहन खोज्ने नेता तथा कार्यकर्तालाई आकर्षित गर्ने गरि कार्यक्रम बनाउने माधव पक्षको रणनीति छ । आफ्नै पार्टी बनाएपछि मात्रै अरुसँग एकता बलियो भईने बुझाईका साथ माधव पक्ष तत्कालका लागि एकताको अभियानबाट हच्चिएको देखिन्छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १५:३८ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...