back
CTIZAN AD

४९ अकंले घट्यो नेप्से

वि.सं.२०७८ भदौ १३ आइतवार

600 

shares

१३ भदौँ, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) ४९ दशमलब १८ अकंल घटेर ३०४४ दशमलब ८७ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ८ दशमलब ५९ अकंले घटेर ५६२ दशमलब ८६ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०४ रुपैंया बराबरको २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ५९ हजार १ सय ३७ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, जिवन विकास लघुवित्त, आईसीएफसी फाइनान्स, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, लक्ष्मी इक्यूटी फण्ड, सनराईज म्यूचल फण्ड, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा नारायणी डेभल्पमेन्ट बैंक, खानीखोला हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर, जानकी फाइनान्स, सिभिल लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु पनि कमाउनेमा परेका छन भने सबै भन्दा धेरै गुमाउनेमा भने रुरु जलविद्यृत, सिंगटी हाईड्रो इनर्जी, गोर्खाज फाइनान्स, सिईडीबी हाईड्रोपावर, वरुण हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा २८ कम्पनी लागनीकर्ताले कमाउदाँ १५७ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ भदौ १३ आइतवार १५:३९ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...