back
CTIZAN AD

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

वि.सं.२०७८ भदौ १३ आइतवार

714 

shares

१३ भदौँ, काठमाडौँ । संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।

दुबईले गत वर्ष छ महिने ‘दुबई एक्स्पो २०२०’ मार्फत् लाखौं आगन्तुकहरूलाई आकर्षित गर्ने र अर्थव्यवस्थालाई सुदृढ पार्ने योजना ल्याएकोमा स्वास्थ्य संकटले एक वर्ष ढिलो गरी अक्टोबरमा यसको आयोजना गर्न लागेको हो ।

गत हप्तान्तमा २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमित दरमा महिनाँैपछि एक हजारभन्दा कम सङ्क्रमित भेटिएको र यो नियन्त्रणको दिशातिर गएको भन्दै यूएईले व्यापारिक तथा पर्यटकीय गतिविधिमार्फत् महामारीका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोभिड–१९ नियन्त्रणका लागि लिइएका प्रतिबन्धात्मक उपायहरूलाई क्रमशः अन्त्य गर्दै जाने निश्कर्षमा पुगेको त्यहाँको समाचार संस्था वाम ९डब्लुएएम०ले अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ ।

योग्य व्यक्तिहरूलाई विश्व स्वास्थ्य संगठनद्वारा अनुमोदित एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन, मोडेर्ना, फाइजर, सिनोफार्म र सिनोभ्याक नामक कोभिड–१९ विरूद्धका खोपहरूमध्ये कुनै एक खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ ।

यो निर्णय पहिले प्रतिबन्धित देशहरूबाट आएकालगायत सबै देशका नागरिकहरूमा लागू हुने वामले जनाएको छ । यद्यपि पर्यटक भिसामा आउने यात्रुहरूले विमानस्थलमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ । कोभिड महामारीको बीचमा देशको जीवन धेरै हदसम्म सामान्य भएको भएपनि यसले मास्क लगाउने र सामाजिक भेलासम्बन्धी कडा नियमहरू लागू गरिरहेको छ ।

युएईमा हालसम्म सात लाख १५ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने दुई हजार ३६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १५:५८ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...