back
CTIZAN AD

एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने

वि.सं.२०७८ भदौ १३ आइतवार

591 

shares

भदौ १३, काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित जनप्रतिनिधिहरुले आगामी भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन् । निर्वाचन आयोगले एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा जान २२ गतेसम्मको समय सीमा दिएको हो ।

अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनसम्म दल रोज्न दिने व्यवस्था छ । आयोगको आइतबार बसेको बैठकले १५ गतेदेखि २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

आयोगले जनाएअनुसार साबिकको दल छाड्ने प्रदेश सभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्नेछ ।

केन्द्रीय समिति वा सांसदहरुको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश जारी भएसँगै एमाले र जसपाबाट फुटेर क्रमशः एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । आयोगले दुवै दललाई भदौ ९ मा सनाखत पछि मान्यता दिएको थियो ।

वि.सं.२०७८ भदौ १३ आइतवार १६:०८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...