back
CTIZAN AD

बिरामी बोकेको एम्बुलेन्स बाटैमा रोकिनु परेपछि पालिका अध्यक्षको कठालो समाते सर्वसाधारणले

वि.सं.२०७८ भदौ १३ आइतवार

1.2K 

shares

१३ भदौ, काठमाडौं । वर्षाका कारण बिग्रीएको बाटो । त्यसमाथि कोही विरामी परे भने झन अप्ठेरो । विरामीलाई तत्काल अस्पताल नलगे ज्यानै जाने जोखिम हुन्छ । तर, दोलखाको मेलुङ गाउँपालिकामा विरामी लिएर हिँडेको एम्बुलेन्स हिलो बाटोका कारण गन्तव्यमा पुग्न असहज हुने स्थिति आएपछि सर्वसाधारणले गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई फोन गरेर तत्काल बाटो सफा गराउनका लागि डोजर पठाइदिन अनुरोध गरे । तर, अध्यक्ष श्रेष्ठले आफू गाउँमा नभएको र चरिकोटतिर रहेको फोनमै बताए ।

अन्य उपाए नभएपछि सर्वसाधारल एम्बुलेन्सबाट विरामी झारेर स्ट्रेचरमा बोकेरै अस्पताल लैजान हिँडे । तर, चरिकोटमा छु भनेका अध्यक्ष टुप्लुक्कै त्यहि भेटिए । अनि त जनताका लागि जिताएर जनप्रतिनिधि बनाएर पठाएका सर्वसाधारणहरु रिसले मुर्मुरिए अनि बाटोमै अध्यक्ष श्रेष्ठको कठालो समाए ।

‘तपाइएले किन झुटो बोल्नु भयो ? जनतालाई कहिलेसम्म भेडो बनाउने ? भोकभोकै हिँडेर हामी भोट दिएको मान्छे । मेलुङ गाउँपालिकाको मुहार फेर्छु भनेको मान्छे मुहार फेरेन । मुकुनेबाट ल्याएको विरामी यहाँसम्म ल्याउँदा पाँच घण्टा लाग्यो’ भन्दै कठालो समाएको भिडियो र फोटो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

अध्यक्षले गल्ति स्वीकार्दै ‘माफ गर्नुहोला’ भनेको उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

यस विषयमा अध्यक्ष श्रेष्ठ र पालिकाका अन्य पदाधिकारीहरुसँग फोन गर्दा सम्पर्क हुन सकेन । श्रेष्ठ नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

त्यसैगरी केही दिनअघि दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले उधारोमा एम्बुलेन्स नदिँदा एक बालकको ज्यान गएको घटनाले पनि जनप्रतिनिधिहरुमा संवेदना हराएको भनेर आलोचना भयो ।

सोहि गाउँकी मन्जु बिकको बच्चालाई निमोनिया भएपछि थप उपचारका लागि सुर्खेत लैजान एम्बुलेन्स माग्दा अध्यक्षले नदिएको पीडित परिवारले आरोप लगाएको थियो । परिवारका अनुसार अध्यक्ष शाहीले भाडा नदिँदासम्म एम्बुलेन्स नदिने भनेर ढिलो गरिदिँदा उपचार गराउन लैजाने क्रममा शिशुको बाटोमै मृत्यु भएको थियो ।

प्रहरीको पहलमा बिरामी शिशुलाई राति दश बजे अध्यक्ष शाहीले उधारोमै एम्बुलेन्समा पठाएपनि अस्पताल नपुग्दै बीच बाटोमै मृत्यु भएको मृतककी आमाले बताएकी थिइन् ।

सोहि विषयलाई लिएर संसारन्युजले कुराकानी गर्दा अध्यक्ष शाहीले एम्बुलेन्स चालकले अगाडिको भाडा नतिरेको र पछिल्लो पटक पनि उधारो मागेको भन्दै चालकले नै सेवा दिन अस्वीकार गरेको भनेर आफु घटनाबाट तर्किन खोजे । अध्यक्ष शाहीले यसअघि गर्भवती र सुत्केरीका लागि मात्र निःशुल्क सेवा दिएकोले अन्य बिरामीलाई निःशुल्क दिन नसक्ने समेत बताएका थिए । तर, उनले पैसाभन्दा पनि मानवियता ठूलो हो भन्ने नबुझ्दा एउटा शिशुले अकालमा ज्यान गुमाउनु पर्यो भनेर उनको चौतर्फि आलोचना भएको थियो ।

देशको अस्थिर राजनीति, कोरोनाका कारण विभिन्न समस्याले आक्रान्त भएका सर्वसाधारणहरु जनप्रतिनिधिहरुबाट सामान्य समस्यामा समेत साथ नपाउँदा अनि समाधानको पहल नगरिँदा आक्रोशित बन्ने गरेका छन् । तस्बिरः सामाजिक संजालबाट

गाउँपालिकाले एम्बुलेन्स नदिँदा नवजात शिशुको मृत्यु

वि.सं.२०७८ भदौ १३ आइतवार १६:२६ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...