१३ भदौँ, काठमाडौँ । नविल बैंकले उद्यमशीलता, विकास र वित्तीय पहुँच पढाउनका लागि पनौती नगरपालिका र पाँचखाल नगरपालिकासँग साझेदारी गरेको छ ।
उक्त सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र पनौती नगरपालिकाको तर्फबाट मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरेका छन् ।
उक्त साझेदारीअनुसार नगरपालिकाहरुले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यमशीलता सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने भएको छ ।
वि.सं.२०७८ भदौ १३ आइतवार १६:३० मा प्रकाशित






























