Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

इतिहासले एक कुसल राष्ट्रवादी नेता खोजीरहेको छ



तीस वर्षिय पंचायती व्यवस्था नै विकास, स्वतन्त्रता र प्रजातन्त्रको बाधक ठानेर ०४६ मा राजनीतिक परिवर्तनको निमित्त भएको आन्दोलनले व्यवस्था परिवर्तन गर्यो। त्यो परिवर्तन पछि जनताले आफ्नो समस्याहरु समाधान होला जिवनस्तर माथि उठला मुलुक विकासमय होला वा विकासको युगमा प्रवेश गर्ला भन्ने सोचेका थिए । तर, मुलुक विकास र समृद्धिको युगमा हैन आन्दोलनको भुमरीमा फस्यो अर्थात आन्दोलन युगमा मुलुक फस्यो। आत्मकेन्द्रित स्वार्थि तथा बिकाउ नेताहरूले नेपाली जनहित भन्दा व्यक्तिगत स्वार्थ अनि विकाउवादमा केन्द्रीत राजनीति गर्न थाले । फलस्वरूप २०५२ सालबाटै अर्को आन्दोलन सुरु भयो।

नेपाली जनताको हक अधिकार, स्थापनाको निमित्त भयको भनिएको आन्दोलनले करिव १७ हजार नेपालीको ज्यान लियो। लाखौ वालवालिका टुहुरो बनायो । हजारौं छोरी चेलीको सिउदो पुछ्यो। लगातार १२ वर्ष चलेको आन्दोलनवाट प्रताडित भएर पाखुरामा दम भएका करिव ५० लाख युवाहरु श्रम वेच्न विदेश पलायन भए । लगातार १२ वर्ष आन्दोलनकारीले स्वदेशमा लुटेको तथा विदेशीले दिएको धनको बलमा आन्दोलन चलाइरहे भने विदेशमा श्रम वेचेर आयको विप्रेषणमा सरकारमा सहभागी हरुले तर मारिरहे।

त्यो समयलाई विश्लेषण गर्ने हो भने मुलुक विकास निर्माणमा २० वर्ष पछि धकेलियो। ग्रामीण भेकमा रहेका राज्यका भौतिक संरचनाहरु करिव ध्वस्त भए। स्वास्थ्य चौकी देखि प्रहरी चौकीसम्म राज्यको उपस्थित कतै रहेन।दैनिक जसो हुने भिडन्तबाट खरवौ आर्थिक नोक्सान राज्यले व्यहोर्नु पर्यो । जनताको जीवनस्तर खस्कदै गयो।

 जो सत्तामा रहँदा पनि प्रतिपक्षले प्रतिगमन देख्ने र आन्दोलन गरिहाल्ने श्रृखला रोकिएन आजसम्म त्यहि जारी छ।

विदेशी डलरको प्रभावमा जातजाति तथा धर्मधर्मालम्वि विच अर्को आन्दोलन सुरु भयो। कुनै समय एउटै आँगन वहस गर्ने वाहुन, क्षेत्री,दलित र जनजाति आपसमा लडाई गर्न थाले। एउटै पर्वलाई साझा रुपमा स्विकार गर्ने धर्मावलम्बी विच क्रिस्चियनहरूको उपस्थितिले भिडन्त गरायो। दशैमा टीका लाउने र नलाउने, गाई पुजा गर्ने वा नगर्ने, राष्ट्र निमार्तालाई मान्ने वा नमान्ने जस्ता सवालमा समेत आन्दोलन हुन थाल्यो। हरेक क्षेत्र आन्दोलनको तापले ध्वस्त हुन थाल्यो। सामाजिक मर्याद हरायो,मेलापर्वमा हुने भाइचारा को सम्बन्ध अन्त्य भयो।बिकाउ नेताहरुले भाइभाइ विच युद्ध गराएर आफ्ना सवै स्वार्थ पूरा गरे।

यो आन्दोलनको अन्त्य तिर सरकार पक्ष र आन्दोलनकारि पक्ष एकता भयो र साझा उद्देश्य बन्यो कि पुन एकपटक सबै विकास स्वतन्त्रता र प्रजातन्त्रको विरोधीको रुपमा राजालाई हेरियो र त्यसको विरुद्धमा आन्दोलन भयो।आन्दोलनले राष्ट्रनिर्माणमा उल्लेख्य योगदान गरेको २५० वर्षदेखि कायम रहँदै आएको राजसंस्था र हाम्रो मौलिक हिन्दु पहिचानलाई हटायो।

फेरि आन्दोलनकारिहरुले भनेको, रोजेको, खोजेको जस्तै व्यवस्था मुलकमा आयो। अब त जनहितमा काम होला,जनताको आयस्तर माथि उठला, विकास निर्माणले तिव्रता लेला, केवल बाँच्नको लागि पाखुरामा दम भएका नेपाली युवाहरुले मरुभूमि श्रम वेच्न जानू नपर्ला भन्ने थियो।
यस्तो आसा र भरोसामा रहेका नेपालीको मुहारमा कहिले उज्यालो आएन। नयाँ व्यवस्थाले श्रृजित नया स्थानहरुमा नयाँ नयाँ पात्रहरूको प्रवेश चै भयो तर पात्रहरूले सत्ताको राप र तापमा हिजो साथ लिएका जनता र गरेका प्रतिबद्दता सबै बिर्सियो । मुलुक फेरि पनि विकास र समृद्धिको युगमा प्रवेश गरेन, केवल सत्ता केन्द्रीत दलहरु आफूले सत्ता पाउँदा सबै ठिक नपाउँदा सवै गलत देख्न थाले र केवल तुच्छ स्वार्थ पूरा गर्न पनि पुन आन्दोलनकै साहारा लिन थाले। कहिले सकिएन आन्दोलन । जो सत्तामा रहँदा पनि प्रतिपक्षले प्रतिगमन देख्ने र आन्दोलन गरिहाल्ने श्रृखला रोकिएन आजसम्म त्यहि जारी छ।

नेपाली राजनीतिको एउटा धारले सधैभरि विनासित्ति पनि आन्दोलन चलाइरहेको छ। कहिले सकिएन आन्दोलन। सधैँभरि सत्तापक्षले विपक्षीलाई प्रतिपक्षीले सत्तापक्षलाई प्रतिगामी देख्ने चस्मा दोषी हो कि ? नेताहरुको नियतमा खोट हो जनताले बुझ्न सकेका छैनन। अझ यस्ता आन्दोलन कहिले सम्म भइरहला थाहा छैन। यो कस्तो आन्दोलन रहेछ भने जसले जनताको जनजिविकाको सवाल,विकास र समृद्धि केही चिन्दैन र जान्दैन। आफू हुँदा सवै ठिक र आफू नहुँदा सवै गलत देख्ने आन्दोलन र यसको प्रभाव कति समय मुलुकले व्यहोर्नुपर्ने हो थाहा छैन।राजनीतिक आस्था अनुकूलका सवै वकिल, पत्रकार, वुद्दिजिवि, नागरिक समाज पनि सवै यो आन्दोलनमा एकएक कित्ता समातेर उभिएका छन ताकि भोलि आफू समर्थित सत्ता आयो कि तर मारिहाल्न।

यो तीस वर्षको अवधिमा आजसम्म एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष विच आर्थिक क्षेत्रलाई कसरी सुधार्न सकिन्छ भन्ने बहस भएको सुनियको छैन। विकास निर्माणका साझा अवधारणा आउन सकेन। आर्थिक मुद्दा आजसम्म मुल मुद्दा वन्न सकेन अर्थात मुलुकलाई कसरी विकासको युगमा प्रवेश गराएन सकिन्छ भन्ने चासो, चिन्ता कतै देखिएन यधपी हाम्रो आन्दोलन जारी छ।

युद्धमा फसेको मुलुकको भन्दा डरलाग्दो र भयावह अवस्थामा आर्थिक क्षेत्र फसेको छ। त्यहाँबाट कसरी मुलुकलाई पार लाउने भन्ने आन्दोलन कहिले कसले गर्ला र हेर्न पाइएला भन्ने चिन्ता जनताको मनमा छ। विकाश निर्माणको निमित्त, जनजिविकाको सवालमा, भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, दबिएको वर्ग र क्षेत्रलाई माथि उठाउन, उद्योगधन्दा, कलकारखाना स्थापना गर्न, विदेशीएका नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिनको निमित्त हुने आन्दोलन कहिले हेर्न पाइएला ?

जसले नेतृत्व गरेपनि सबैदल सम्मिलित सर्वपक्षीय र सबै सरोकार क्षेत्रलाई समेटेर आन्दोलन भयो भने त्यसले ठोस परिणाम दिने निश्चित छ। त्यसवाट आउने परिणामले मुलुकलाई दस वर्षमा विकासको चरम युगमा पुराएर आर्थिक रुपमा सबै नेपालीलाई सम्पन्न गराउने निश्चित छ तसर्थ यस्तो आन्दोलन हेर्न र त्यसमा सहभागी हुन मन छ।

इतिहासले यो युगमा एकजना कुसल राष्ट्रवादी नेता खोजीरहेको छ। मलेसिया एकजनाको इच्छाशक्तिमा वनेको ह‍‍ो। सिंगापुर एकजनाले बनाएका हुन। इच्छाशक्ति भएको एकजना मात्र भए पुग्छ ।

(पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना