back
CTIZAN AD

पाल्पाका कक्षा १ का विद्यार्थी सरसर्ती पढ्छन्

वि.सं.२०७३ फागुन १२ बिहीवार

939 

shares

 १२ फागुन,पाल्पा । यहाँको सौभाग्य माविमा कक्षा १ का सोमान रानाले मन मनै, मनमनै, दिन दिनै, दिनदिनै गरी सरसर्ती शब्द पढ्दा अचम्म मान्नु पर्दैन । शैक्षिकसत्र सञ्चालन भएको सात–आठ महिनाको अवधिमा अक्षर सँगसँगै शब्द सरसर्ती पढ्न सिपालु भइसकेका छन् यहाँका विद्यार्थी ।

उनीहरु शब्दको विग्रह र समास गरी पढ्न रुचाउँछन् । कक्षा १ मा पढ्ने अन्यत्रका अधिकांश विद्यार्थी कखरा, बाह्रखरी, अ, आ, इ, ई र १, २, ३, पढ्नै मुस्किल हुने भए पनि पाल्पा जिल्ला चिदीपानी गाविसस्थित सौभाग्य माविको कक्षा १ का विद्यार्थीले भने सरसर्ती शब्द नै पढ्छन् ।

कक्षा १ का अर्का निलम आलेले दिन दिनै, दिनदिनै, पालै पालो, पालैपालो गर्दै सरसर्ती पढ्दैछन् । उनीहरू मात्र होइन, कक्षा १ मा पढ्ने छात्रछात्राले पालैपालो गरी पढ्ने र पढाउने काम हुन्छ । नेपाली विषयमा ९० मिनेटको कक्षा हुने, विद्यार्थी यसरी पढ्दा सजिलो भएको र बुझेको महसुस गर्ने नेपाली विषयकी शिक्षिका सावित्रा पहाडीले बताउनुभयो ।

रूम टु रिडले कक्षा १ र २ का नेपाली विषयका शिक्षकलाई तालिममा सहयोग गरेपछि उनीहरूले विद्यालयमा तालिमअनुसार नै पढाउन थालेपछि विद्यार्थीमा सुधार देखिएको हो । साक्षरता कार्यक्रमअन्तर्गत नेपाली विषयको पढ्ने सीप र पढ्ने बानीको विकास भएपछि अभिभावकसमेत खुसी देखिएका हुन् ।

रूम टु रिडका वरिष्ठ कार्यक्रम सहायक लालबहादुर खड्काले एकीकृत साक्षर कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका प्रावि तहमा पढ्ने सीप र पढ्ने बानीको विकास गरी बालबालिकालाई पुस्तकसँग खेल्ने बानीको विकास गर्ने बताउनुभयो ।

नेपाली पाठ्यक्रमका आधारमा नेपाली विषयको ‘वर्कबुक’ तयार गरी कक्षाकोठामा गृहकार्यसमेत हुँदै आएको छ । साना कक्षाका विद्यार्थीको पठनसीपको विकाससँगै पढने बानीको पनि विकास भएको हो । कक्षा २ का विद्यार्थी पुस्तकालयमा गएर पुस्तक रोजेर पढ्ने बानीको विकास भएको पुस्तकालय प्रमुख तथा शिक्षक हरिबहादुर कुँवरले बताउनुभयो ।

सन् २०१४ देखि पाल्पा जिल्लाका ५० विद्यालयका कक्षा २ सम्म साक्षरता कार्यक्रमअन्तर्गत नेपाली भाषा पठन सीप विकास कार्यक्रम चलिरहेको छ । सन् २०१७ मा पाल्पाका २५ विद्यालय छनौट कार्य चलिरहेको वेस नेपाल पाल्पाका कार्यक्रम संयोजक टेक ढेङ्गा बताउनुहुन्छ ।

यो कार्यक्रम सञ्चालन हुने विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म ७५ जना विद्यार्थी हुनुपर्छ । विद्यार्थीलाई परम्परागत क, ख, ग, …ज्ञ सम्म पठनपाठन नगरी क, न, म, ह, आ… गरी एक दिनमा एउटा मात्र अक्षर पढाउने गरेको खड्काको दाबी छ ।

यो सिकाइ पद्धतिमा पहिला अक्षरको सिकाइ, त्यसपछि छोटा शब्द, वाक्यको पठन सिकाइ हुँदै आएको छ । यस पद्धतिमार्फत पठनपाठन गर्न पाएपछि विद्यार्थी नियमितरूपमा विद्यालय हाजिर हुने र पठनपाठनमा बढी सक्रिय हुने विद्यालयको दाबी छ ।

विद्यालयका प्रअ गोविन्द न्यौपानेले यस विद्यालयमा कक्षा २ सम्म साक्षरता कार्यक्रम सञ्चालनपछि पठनपाठन गर्ने शैलीमा परिवर्तन देखिएको र कक्षा ५ सम्म यो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।

वि.सं.२०७३ फागुन १२ बिहीवार ०५:२५ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...