back
CTIZAN AD

श्री कृष्ण रसामृत

वि.सं.२०७८ भदौ १४ सोमवार

1.6K 

shares

त्यहाँ कालिन्दीका विमल तटको रेणु रजमा
अँगालोमा दाऊ वरिपरि सखा वेणु करमा
अनौठो झाँकीको अतिशय कला शोभन गरी
बसेका छन् प्यारा मधुरमुरली वादन गरी ॥१॥

अहो ! त्यो घुम्रेको अलक मुखमा चुम्दछ जति
छ कर्के आँखाको छिन छिन इशारा अझ कति
गलामा वैजन्ती कमरबिच पीताम्वर छटा
त्रिभङ्गीको बेग्लै नटवर अदा सुन्दर घटा ॥२॥

मिलेका मोतीझैँ अति चमकिला दन्त लहरी
हिरा पन्ना माला शिर मुजुरको पङ्ख पगरी
बसी छर्छन् आभा रवि किरणको लेपन गरी
सुधा वर्षा गर्छन् असिम सुखको रोगन छरी ॥३॥

सजाऊँ कान्हाको हृदयतलमा मोहक छवि
निहारूँ प्याराको मुखकमलमा मोहित बनी
दुबै आँखा चिम्ली ललित रुपको दर्शन गरी
बगाऊँ आनन्दी करुण रसको निर्मल(झरी ॥४॥

सधैँ सेवा गर्दै तन मन सबै अर्पण गरूँ
सखी प्यारी बन्दै प्रणय रसको सिञ्चन गरूँ
बजून् बाजा गाजा श्रुतिमधुर सङ्गीत लहरी
सँगै नाचूँ गाऊँ निमिषभर विश्राम नगरी ॥५॥

वि.सं.२०७८ भदौ १४ सोमवार ११:३२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...