back
CTIZAN AD

मन्त्रिमण्डल विस्तार गर्न नपाउँदै प्रदेश १ सरकार संकटमा, जोगिने सम्भावना न्यून

वि.सं.२०७८ भदौ १४ सोमवार

642 

shares

भदौ १४, काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्दा नगर्दै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य सरकार जोगाउनै नसक्ने अवस्थामा पुगेका छन् । एमालेका सांसदलाई जोगाउने भन्दै शेरधन राईको राजीनामा नै गराएर मुख्यमन्त्री बनेका उनी सांसदहरु जोगाउन नसक्दा संकटमा पुगेका हुन् ।

माधवकुमार नेपाल पक्षमा देखिएका आचार्य अन्तिम समय एमालेतिरै फर्किएका थिए । एमालेतिरै फर्किएका उनी माधव पक्षमा जान खोज्ने सांसदलाई रोक्ने प्रतिबद्धतासहित राईलाई विस्थापन गर्दै गत बिहीबार पदभार सम्हालेका थिए ।

तर, मुख्यमन्त्री बनेको केहि दिनमै एमालेका १० सांसद खुलेरै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने घोषणा गरेसँगै उनी समस्यामा परेका हुन् । सांसद राजेन्द्रकुमार राई नेतृत्वमा १० सांसद खुलेरै माधव नेतृत्वको एकीकृत समाजवादीमा जाने सामूहिक निर्णय गरिसकेका छन् ।

राईसँगै सांसदहरु खिनु लङ्बा लिम्बू, सावित्रीकुमारी रेग्मी, कृष्णकुमारी राई, राजन राई, गणेशकुमार काम्बाङ्, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ माधव पक्षमा खुलेका हुन् ।

आचार्यको पक्षमा छैन् अंकगणित

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद छन् । निर्वाचन आयोगले एमाले विभाजनसँगै प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई दल चुन्न भदौ २२ सम्मको समय सीमा दिएको छ । तर, दल चुन्न दिएको समय सीमा अगावै १० सांसद खुलेरै माधव पक्षमा देखिएका छन् ।

आचार्यलाई सरकार जोगाउन बहुमत संख्या ४७ सांसदको आवश्यकता पर्दछ तर, हालसम्मको अवस्थालाई हेर्दा उनको पक्षमा ४० सांसद पनि जुटाउन गाह्रो छ ।

प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका ३ गरि ३९ सांसद छन् । यी तीनै दल प्रदेश १ को विपक्षी गठबन्धनमा छ । यदि माधव नेतृत्वको १० सांसद सहभागी भएमा गठबन्धनतर्फ ४९ सांसद अर्थात् सहज बहुमत पुग्नेछ ।

माधव नेतृत्वको एकीकृत समाजवादीसहित यी दलहरुले केन्द्रदेखि अन्य प्रदेशमा पनि सहकार्य गरिरहेका छन् । एमाले विभाजनसँगै बागमती र प्रदेश १ मा पनि सत्ता परिवर्तन गर्ने गठबन्धनको तयारी छ ।

वि.सं.२०७८ भदौ १४ सोमवार १३:३२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...