back
CTIZAN AD

देशैभरी ३५ हजार ७९६ कोरोना संक्रमित, हेर्नुहोस् कुन प्रदेशमा कति छन् त ?

वि.सं.२०७८ भदौ १४ सोमवार

693 

shares

१४ भदौ, काठमाडौं । हाल देशैभरी ३५ हजार ७९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशैभरी रहेका ३५ हजार ७९६ जना कोरोना संक्रमित मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।

बागमती प्रदेशमा आइतवारसम्म होम आइसोलेशनमा १३ हजार ४९ जना र संस्थागत आइसोलेशनमा ३०५२ जना रहेका छन् भने आइसीयुमा ३७२ तथा १०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ४ हजार ५९१ कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै सक्रिय संक्रमित रहेकामध्ये गण्डकी प्रदेश दोस्रो रहेको छ । प्रदेशमा आइतवारसम्म होम आइसोलेशनमा ७ हजार ६३९, संस्थागत आइसोलेशनमा ५१५ जना, आइसीयुमा ८९ र भेन्टिलेटरमा ९ जनाको उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा हालसम्म १,२५० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी प्रदेश १ मा ५ हजार ४४४ जना होम आइसोलेशनमा, ५५० जना संस्थागत आइसोलेशनमा र आइसीयुमा १०१ तथा भेन्टिलेटरमा ४१ जनाको उपचार भइरहेको छ । प्रदेशमा हालसम्म १५३२ जनाको ज्यान गएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा आइतवारसम्म होम आइसोलेशनमा रहनेको संख्या २,९५६, संस्थागत आइसोलेशनमा ३८८ जना, आइसीयुमा ४९ जना र भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको छ । प्रदेशमा हालसम्म १६७९ संक्रमितको ज्यान गइसकेको छ ।

प्रदेश २ मा होम आइसोलेशनमा १,४११, संस्थागतमा आइसोलेशनमा १२ जना रहेका छन् भने आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ । प्रदेश २ मा हालसम्म ७५७ जनाको मृत्यु भएको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

त्यस्तै कर्णाली प्रदेशमा १३१७ जना होम आइसोलेशनमा रहेका छन् भने ६१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै आइसीयुमा उपचार गराउनेको संख्या ६ रहेको छ । प्रदेशमा हालसम्म ४४८ जनाले ज्यान गुमाएका छन् ।

सुदुरपश्चिम प्रदेशमा होम आइसोलेशनमा ८८३, संस्थागत आइसोलेशनमा १५०, आइसीयुमा ८ जना र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ४५७ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेको संख्या क्रमश घट्दै गएको छ भने निको हुनेको संख्यामा वृद्दि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५० लाख ६३ हजार ५२२ जनाले दुवै मात्रा र ४० लाख ५२ हजार ७६५जनाले पहिलो मात्राको कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

मन्त्रालयले पहिलो मात्रा खोप लगाएकामा ८० प्रतिशत र दुवैमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी पाइएको जनाएको छ ।

 

वि.सं.२०७८ भदौ १४ सोमवार १६:२४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...