back
CTIZAN AD

संचारगृहसँग एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समितिको आग्रह

वि.सं.२०७८ भदौ १६ बुधवार

1.1K 

shares

१६ भदौ, काठमाडौँ । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीका लागि बनेको संयुक्त संघर्ष समितिले एमसीसीका बारेमा बिज्ञापन नबजाउन  संचारगृहहरुसँग विशेष आग्रह गरेको छ ।

समितिका संयोजक नारायण शर्माले प्रेस विज्ञप्ति जारी गर्दै केही संचारगृहहरुले एमसीसीको विज्ञापन प्रकाशन प्रसारण गरेकोमा समितिको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो बिज्ञापन बजाउन कार्य  तत्काल रोक्न आग्रह गरेको हुन्।

विज्ञप्तिमा केही समययता एमसीसीको विरुद्धमा तीव्र विरोध हुन थालेपछि एमसीसी पक्षबाट आफ्नो पक्षमा लविङ, काउन्सिलिङ र कन्भिन्सिङ स्वरुप विभिन्न हरकतहरु अघि बढाउने क्रममा बजाइएका विज्ञापनहरुले समितिको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।

एमसीसी सम्झौताको अनुमोदन नहुँदै यसलाई कार्यान्वयन गर्ने /गराउने सन्दर्भमा भैरहेका र हुने सम्पूर्ण गैरकानुनी गतिविधिहरु रोक्न समेत संयोजक शर्माले विज्ञप्तिमार्फत सम्बन्धित पक्षसँग जोडदार माग गरेका छन् ।

एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै उक्त समितिले एमसीसीको विरुद्धमा देशव्यापी जनमत र्सिजना गरिरहेको छ । समितिको आग्रहमा यसअघि AP1 टेलिभिजनले एमसीसीको विज्ञापन हटाएको छ ।

यस्तो छ एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समितिको अपिल

MCC को विज्ञापनबारे हाम्रो अनुरोध ! केही समययता MCC को राष्ट्रघाती स्वरुप र सार दुवै उदाङ्गो हुँदै गएपछि यसको विरोधले तीव्र, व्यापक र निर्णायक रुप लिन थालेको छ । तत्पश्चात् MCC पक्षबाट आफ्नो पक्षमा लविङ, काउन्सिलिङ र कन्भिन्सिङ स्वरुप विभिन्न हरकतहरु अघि बढाइएका छन् ! यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको कुरा अवगत गराउन चाहन्छौं । MCC को पक्षमा पछिल्लो र प्रभावकारी अस्त्रको रुपमा मिडियाहरुलाई परिचालन गर्ने क्रममा उनीहरुलाई मोटो रकमका विज्ञापनहरु दिएर प्रचार-प्रसार गराउन थालिएको छ । हामी सर्वप्रथम MCC संसदबाट अनुमोदन नहुँदै यसलाई कार्यान्वयन गर्ने-गराउने सन्दर्भमा भैरहेका र हुने सम्पूर्ण गैरकानुनी गतिविधिहरु रोक्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।

नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, शान्ति र समृद्धिविरोधी भएकोले इतिहासमै सर्वाधिक विवादास्पद समेत रहेको चरम राष्ट्रघाती यो MCC को पक्षमा नेपाली जनताको खुनपसिनाबाट संकलित राजश्व अनधिकृत रुपमा गैरकानूनी ढङ्गले खर्च गरी विज्ञापन गराउने कार्य घोर आपत्तिजनक छ । राष्ट्रिय-अन्तर्राष्ट्रिय सरकारी-गैरसरकारी क्षेत्रबाट भैरहेको यस्तो राष्ट्रहित र जनआवाज विपरीतका कदमको हामी तीव्र निन्दा र भत्सर्ना समेत गर्न चाहन्छौं । साथै, देस र जनताप्रति जिम्मेवार र जवाफदेही मिडिया र मिडियाकर्मीहरुलाई पनि आफ्नो सिमित, संकीर्ण र संकुचित स्वार्थभन्दा माथि उठेर देस र जनताको बृहत्तर हितमाथि ध्यान दिंदै MCC को पक्षका विज्ञापनहरु प्रचार-प्रसार नगरिदिनुहुन हामी औपचारिक रुपमा समेत हार्दिक आग्रह गर्न चाहन्छौं !

यससन्दर्भमा यसप्रकारको विज्ञापन दिइरहेको देसकै ठूलो र लोकपृय मिडिया AP1 टेलिभिजनले जनताको यो आग्रहपूर्ण असहमतिलाई मध्यनजर गर्दै आफूले MCC को पक्षमा दिंदै आएको विज्ञापनलाई हटाउने निर्णय गरेको छ ! हामी AP1 TV को यो जिम्मेवार निर्णयको हार्दिक स्मरण, स्वागत र सराहना गर्दछौं ! यसैगरी यस्तो विज्ञापन प्रकाशन र प्रसारण गरिरहेका मिडियाहरुलाई पनि यसअघि प्रचार-प्रसार गर्दै आएका ती विज्ञापनहरु अविलम्ब खारेज गर्न हार्दिक अनुरोध गर्दछौं । साथै, अब यसप्रकारका विज्ञापनहरु तयार पनि नगर्न हामी सम्बन्धित संघ-संस्था, व्यक्ति-व्यक्तित्व र प्रतिभाहरु सबैसँग विनम्र आग्रह गर्दछौं ।

हाम्रो यो राष्ट्रहितको आग्रहलाई कदर गरेर यहाँहरुले देस र जनताको उदात्त हितमा टेवा पुराउनुहुन पनि हामी यहाँहरु सबैलाई विशेष अनुरोध गर्दछौं ! स्मरण रहोस्, हाम्रो यो अनुरोधलाई अनास्था र बेवास्ता गरी MCC को पक्षका विज्ञापन निर्माण गर्ने, प्रचार-प्रसार गर्न दिने र प्रकाशन-प्रसारण गर्ने-गराउनेलगायतका MCC को कार्यान्वयनसँग सम्बन्धित विभिन्न कामकार्वाहीहरु गर्नु-गराउनु अक्षम्य हो । नेपालमा यो राष्ट्रघाती MCC सम्झौता हठात् र बलात् थोपर्ने वैदेशिक दलालहरुको गुरुयोजनामा साथ दिने दुस्साहस गरी देसलाई विदेसीहरुको कृडास्थल र रणस्थलमा परिणत गर्न चाहने जोकसैमाथि देसका सचेत र जिम्मेवार राजनीतिक शक्ति र सामाजिक संघसंस्था तथा सचेत र स्वतन्त्र जनसमुदायमार्फत जनआक्रोश अभिव्यक्त भएमा त्यसको सहन र सामना पनि सम्बन्धित पक्ष स्वयंले नै गर्नुपर्ने हुन्छ भन्ने चेतावनी समेत दिन चाहन्छौं ! सहयोगको लागि पूर्ण विश्वाससहित धन्यवाद !!

नारायण शर्मा संयोजक MCC खारेजीका लागि संयुक्त संघर्ष समिति, नेपाल ।

वि.सं.२०७८ भदौ १६ बुधवार ११:४७ मा प्रकाशित

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...