back
CTIZAN AD

प्रदेश १ का १० सांसदले छाडे एमाले, यी हुन् एकीकृत समाजवादी रोज्ने १० सांसद (सूचीसहित)

वि.सं.२०७८ भदौ १६ बुधवार

753 

shares

भदौ १६, काठमाडौं । प्रदेश नम्बर १ का १० सांसदले नेकपा (एमाले) छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ररोजेका छन् ।

सांसदहरु राजेन्द्र राईको नेतृत्वमा १० सांसदले एमाले छाडेका हुन् । एमाले छाड्नेमा राईसहित राजन राई, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिता चौधरी, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, गणेश काङवाङ, खिनु लङ्वा लिम्बु र सावित्री रेग्मी रहेका छन् ।

बताइएअनुसार १० सांसदले आज नै प्रदेश निर्वाचन आयोगको कार्यालय बिराटनगरमा पुगेर सनाखत गर्नेछन् ।

१० सांसदले छाडेसँगै ९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ नेकपा (एमाले) स्वत अल्पमतमा परेको छ । ५१ सासंद भएको एमालेमा ४१ सांसदमा खुम्चिएको छ ।

९२ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन कम्तिमा ४७ सदस्यको समर्थन चाहिन्छ । तर एमालेसँग ६ सांसदको कमी भएको देखिन्छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार ११:५६ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...