१७ भदौँ, काठमाडौँ । प्रभु बैंक लिमिटेड र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुुकेशन (गेट कलेज) बीच शैक्षिक कर्जा प्रवाह सम्बन्धी सम्झौता भएकोे छ । ग्लोबल एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा प्रवाह गर्न दुईपक्षबीच सम्झौता भएको हो ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र ग्लोबल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत खेम राजलकाईले कलेजमा आयोजित एक कार्यक्रममा बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार अब होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले सहुलियतपूर्ण ब्याजदरमा आवश्यक प्रक्रिया पूरा गरी अधिकतम ५ लाख सम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।
यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेन्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १४:०० मा प्रकाशित






























