१८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४,३३४ वटा नमुना परीक्षणमा देशैभरी १७५६ जनामा संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौं ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना गरी उपत्यकामा आज ६६७ जना संक्रमित थपिएका छन् । बिहीवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्यामा कमी आएको छ ।
आज थपिएका संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५१ हजार ९६४ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २२७४ जना निको भएका छन् । आज निको भएका २२७४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ ।
त्यस्तै आज देशैभरी २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८०९ पुगेको छ ।
नेपालमा हाल ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३० हजार ६६२ जना होम आइसोलेशन र २,४४ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५४० र भेन्टिलेटरमा १५६ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या घटेको छ ।
नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख २८ हजार १० नमुना परीक्षण गरिएको छ ।
साथै नेपालमा हालसम्म ५४ लाख ७२ हजार ७९३ जनाले पहिलो मात्रा र ४७ लाख ९५ हजार ३७३ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ६४ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा थपिए २००४ कोरोना संक्रमित, १६ जनाको मृत्यु
वि.सं.२०७८ भदौ १८ शुक्रवार १६:३२ मा प्रकाशित





























