भदौ २१, काठमाडौं । सुदूरपश्चिममा नेकपा (एमाले)की प्रदेश सभा सदस्य माया तामाङ बोहराले पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेकी छिन् । सोमबार धनगढीस्थित निर्वाचन आयोगको कार्यालय पुगेर उनले नेकपा (एस)को पक्षमा सनाखत गराएकी हुन् ।
तामाङको सनाखतसँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) सबैभन्दा ठूलो दल पनि बनेको छ । ५२ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित नेकपा (एस) ठूलो दल बनेको हो ।
विभाजनपूर्व २५ सांसदसहित सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा (एमाले) विभाजनपश्चात भने प्रदेशसभामा ११ सांसदसहित चौथो दल बनेको छ ।
५२ सदस्यीय प्रदेशसभामा १४ प्रदेशसभा सदस्यसहित नेकपा (एस) पहिलो, १३ सदस्यसहित नेकपा (माओवादी केन्द्र) दोस्रो, १२ सदस्यसहित नेपाली कांग्रेस तेस्रो, ११ सदस्यसहित नेकपा (एमाले) चौथो र २ सदस्यसहित जसपा पाँचौ दलको रुपमा कायम भएका छन् । निर्वाचन आयोगले नेकपा (एस)को पक्षमा सनाखत गर्न मंगलबारसम्मको समयसीमा दिएको कारण थप केहि सांसद थपिने सम्भावना रहेको बताइएको छ ।
सम्बन्धित समाचार
वि.सं.२०७८ भदौ २१ सोमवार १५:१२ मा प्रकाशित






























