back
CTIZAN AD

अब मुलुक बिजुलीमा आत्मनिर्भर

वि.सं.२०७८ भदौ २१ सोमवार

786 

shares

२१ भदौ, काठमाडौँ । अब मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको हो । सो आयोजनाको कस्ल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै दुई हजार मेगावाट पुगेको छ ।

गत असार २१ गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा चल्न सकेको थिएन । उद्घाटनका दिन एकाध मिनेट सात मेगावाट मात्रै बिजुली उत्पादन गरेको आयोजना अनेकन प्राविधिक परीक्षणपछि बल्ल आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश बिजुलीमा आत्मनिर्भर भएको जानकारी दिए । “हाम्रो कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ”, उनले भने ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते आयोजनाको उद्घाटन गरे पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन ।
उद्घाटन भएको दुई महिनापछि मात्रै आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गरेको उनले जानकारी दिए । बिजुली पूर्ण रुपमा खपत हुन नसक्दा रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर जाने अवस्था सिर्जना भएको छ । यस्तै दिउँसो समेत २०० देखि ३०० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ ।

जगेडामा रहेको बिजुली भारत निर्यातका लागि पहल भइरहेको भए पनि हालसम्म तार्किक निष्कर्ष निस्कन सकेको छैन । बिजुली खेर जाँदा प्राधिरकणलाई हाल दैनिक रु चार करोड बराबरको घाटा हुने गरेको छ । खेर गएको बिजुलीको खपत बढाउनका लागि भइरहेको पहलसमेत सार्थक हुनसकेको छैन ।

प्राधिकरणले माथिल्लो तामाकोशीको ४५६ मेगावाट र भोटेकोशीको ४५ मेगावाट बिजुली भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका १०८ आयोजनाले झण्डै ८१५ मेगावाट बिजुली उपलब्ध गराइरहेका छन् । वर्षायाम भएकाले पनि नदीमा जलस्तर उल्लेख्य रुपमा रहेकाले निजी क्षेत्रका आयोजनाले पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेका छन् ।

प्राधिकरणका आफनै २२ आयोजनाले बिजुली उत्पादन गरिरहेका छन् । मर्मतका नाममा लामो समयदेखि बन्द रहेको माथिल्लो त्रिशूली थ्री ए को ६० मेगावाट प्रणालीभन्दा बाहिर छ । प्राधिकरणको प्रणालीमा उपलब्ध बिजुलीमध्ये एक हजार ५४२ मेगावाट बराबरको बिजुली मात्रै खपत भइरहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कूल एक हजार ३५० मेगावाट बिजुली उत्पादन हुने गरेकामा माथिल्लो तामाकोशी जोडिएपछि क्षमता बढेर एक हजार ९०० मेगावाटभन्दा माथि पुगेको छ ।
रासस

वि.सं.२०७८ भदौ २१ सोमवार १५:५९ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...