back
CTIZAN AD

कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिँदै

वि.सं.२०७८ भदौ २१ सोमवार

804 

shares

२१ भदौ, खलङ्गा । कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको छ ।

जुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पठनपाठन शुरु गएिको हो । गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो । गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी दिए । “विद्यार्थीको कोरोना परीक्षण नतिजा नेगेटिभ आएपछि पठनपाठन शुरु गरेका हौँ,” उनले भने ।

स्वास्थ्य मापदण्ड पालन गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताए । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका शिक्षा शाखा प्रमुखसितको छलफल पछि विद्यालय सञ्चालनको निर्णय गरिएको धितालको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले शिक्षा शाखालाई एक साताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउन निर्देशन दिएको बताइन् । “कोरोनाले विद्यालय बन्द हुँदा विद्यार्थी मेला, पर्व र अन्य काममा जान थालेका छन् । त्यहाँभन्दा विद्यालयमै उनीहरु सुरक्षित हुने सुझाव प्राप्त भएको छ,” उनले भनिन् ।

सरकारले पछिल्लो समयमा ‘स्मार्ट लकडाउन’ कार्यविधिसमेत बनाएको छ । स्वास्थ्यको मापदण्डअनुसार हरेक साता कोरोना परीक्षण गरेर १०० जनामा परीक्षण गरेमा पाँच जना भन्दा मुनि नतिजा पोजेटिभ आएमा मात्रै विद्यालय सञ्चालन गर्न पाइने मापदण्ड बनाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक राजीव शाहले जानकारी दिए ।

यस्तै चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले आठ विद्यालयमा कोरोना परीक्षण गरेको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । तिला गाउँपालिकाले पनि कार्यपालिको बैठक राखेर छिट्टै विद्यालय खुलाउने तयारी गरेको सो गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
रासस

वि.सं.२०७८ भदौ २१ सोमवार १६:३२ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...