back
CTIZAN AD

के देशमा कृषि नीति असफल भएकै हो ?

वि.सं.२०७८ भदौ २१ सोमवार

3K 

shares

नेपाल कृषि प्रधान देश हो भन्ने मान्यता स्वयं राज्यले स्वीकार गरिरहेको छ । तथ्यांकअनुसार ६०.४ प्रतिशत जनताले कृषि पेशा गर्दछन्, जसमध्ये ७३ प्रतिशत महिलाहरु कृषि पेशामा आवद्ध रहेका छन् । वार्षिक ५ लाखभन्दा बढी रोजगारी कृषि क्षेत्रले नै सिर्जना गरेको छ । कृषि क्षेत्रले राज्यको कुल ग्राहस्थ उत्पादनमा २३ प्रतिशत योगदान पुर्याएको छ । तर कृषिजन्य उपभोगको ठुुलो हिस्सा हामीले आयातमार्फत पुर्ती गर्ने गरेका छौं ।

आजको दिनमा केहि अपवाद बाहेक कृषि क्षेत्रले आम युवा वर्गलाई आकर्षित गर्न सकेको छैन् । युवाहरुले देशमै कृषि क्षेत्रमा काम गर्नुको सट्टा खाडी वा अन्य मुलुकको रोजगारीलाई राम्रो रुपमा स्वीकार गर्ने गरेका छन् । राज्यभित्र आवश्यक कृषिजन्य उपभोग्य ठुलो सामाग्रीको आयात हुनु, कृषिजन्य कच्चा पदार्थको उत्पादन स्वदेशमा आवश्यक मात्रामा हुन नसक्नु, कृषि क्षेत्रमा युवाहरुको आकर्षण हुन नसक्नु समृद्ध राष्ट्र निर्माणको लागि गम्भिर चुनौती हुन् । त्यसैले अब मुलुकले अंगिकार गरिरहको कृषि नीतिमा समिक्षा गर्नु बाञ्छनिय देखिएको छ ।

आजको दिनमा केहि अपवाद बाहेक कृषि क्षेत्रले आम युवा वर्गलाई आकर्षित गर्न सकेको छैन् । युवाहरुले देशमै कृषि क्षेत्रमा काम गर्नुको सट्टा खाडी वा अन्य मुलुकको रोजगारीलाई राम्रो रुपमा स्वीकार गर्ने गरेका छन् । त्यसैले अब मुलुकले अंगिकार गरिरहको कृषि नीतिमा समिक्षा गर्नु बाञ्छनिय देखिएको छ ।

कृषि क्षेत्रको आवश्यकता

हाम्रो जस्तो विकासोन्मुख मुलुकमा समृद्धिको मुख्य आधार भनेको कृषि हो । कृषि उपज र कृषिजन्य कच्चा पदार्थ नै औद्योगिकरणको आधार स्तम्भ हुन् । कृषिको आधुनिकिकरण र व्यापक उत्पादन बिना औद्योगिकरणको सम्भावना हुन सक्दैन् । आहिले हाम्रो देशमा जेनतेन चलेका अधिकांश प्रकारका उद्योग र बजार मुख्यत बैदेशिक कच्चा पदार्थ र वस्तुमा निर्भर रहेका छन् ।

हाम्रो मुलुकको अधिकांश भूगोल उत्पादनको दृष्टिले विविधतायुक्त र व्यापक सम्भावना बोकेर बसेका छन् । बैदेशिक आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न कृषि क्षेत्रको आधुनिक विकास अपरिहार्य देखिन्छ । कृषि पेशामा निर्भर लाखौं जनताको जीवनस्तर उकास्न कृषिलाई आधुनिकिकरण गरि विकास गर्न जरुरी देखिन्छ । आद्योगिकरण र रोजगार सिर्जनाको लागि पनि कच्चा पदार्थको मुख्य स्रोत कृषि भएकाले यसको विकास अनिवार्य गर्नुपर्ने आवश्यकता छ ।

राष्ट्र बैंकको कृषि कर्जा नीति

राष्ट्र बैंकको नीतिअनुसार बैंकिङ क्षेत्रले आफ्नो लगानीको निश्चित प्रतिशत हिस्सा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकको सो नीति एवं व्यवस्थाको कारणले कृषि क्षेत्रमा लगानीको मात्रा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका अनुसार बैंक तथा सहकारीले झण्डै २ खर्ब ५४ अर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी गरेका छन् ।

किसानहरुले बैंकिङ क्षेत्रबाट कृषि व्यवसायको लागि न्युनतम ५ प्रतिशत ब्याजमा पाँच वर्षभित्र भुक्तान गर्नेगरि सहुलियतपुर्ण कर्जा प्राप्त गर्ने व्यवस्था रहेको छ । बैंकहरुले किसानहरुलाई प्रदान गर्ने सहुलियत कर्जा तरकारी खेति, खाद्यान्न, पशुपालन, माछापालन, नगदेवाली, फलफुल, शितभण्डार, कृषि बजार, आदि लगायत क्षेत्रमा लगानी गर्ने गरेका छन् ।

कृषि क्षेत्रमा बैंकहरुको लगानीसम्बन्धि नीति तथा व्यवस्था झण्झटिलो एवं धितोमा समेत आधारित भएकाले सबै किसानहरुको बैंकिङ क्षेत्रसम्म सहज पहुँच पुग्न सकेको छैन् । साथै बैंकिङ क्षेत्रको सीमितताले कृषि क्षेत्रको व्यापकतालाई सम्बोधन गर्न सकेको छैन् ।

कृषि क्षेत्रमा बैंकहरुको लगानीसम्बन्धि नीति तथा व्यवस्था झण्झटिलो एवं धितोमा समेत आधारित भएकाले सबै किसानहरुको बैंकिङ क्षेत्रसम्म सहज पहुँच पुग्न सकेको छैन् । साथै बैंकिङ क्षेत्रको सीमितताले कृषि क्षेत्रको व्यापकतालाई सम्बोधन गर्न सकेको छैन् ।

कृषिजन्य उपजको आयात निर्यातको अवस्था

नेपालले आर्थिक वर्ष ०३५/०३६ मा २४ करोड ३८ लाख ३६ हजार मुल्य बराबरको चामल निर्यात गरेको थियो, तर आर्थिक वर्ष ०७६/०७७ मा भने धान चामल मात्रै ३३ अर्ब ४५ करोड बराबरको भित्रिएको छ । सोहि आर्थिक वर्षमा झण्डै साढे २ खर्ब बराबरको कृषिजन्य उपजको आयात भएको छ ।

केन्द्रिय तथ्यांक विभागका अनुसार विगत १ दशकमा कृषि क्षेत्रको वार्षिक बृद्धिदर औसतमा ३ प्रतिशत मात्रै रहेको छ । पछिल्लो समय वर्णशंकर जातका बिउवबजनको विकास भएको भएतापनि त्यसको अनुपातमा मलखाद, सिंचाई, ज्ञान, प्रविधि, आदि लगायतका विषयहरुको विकास नहुँदा हाम्रो मुलुकले उत्पादनमा फड्को मार्न सकेको छैन् ।

सरकारले अंकको हिसाबले वर्षेनी रुपमा कृषि क्षेत्रमा लगानी वृद्धि गरिरहेको देखिन्छ । अनुसन्धान, रासायनिक मल, प्रविधि, भण्डारण, बजारीकरण, आदि धेरै क्षेत्रमा राज्यले अनुदान वा लगानी बढाउँदै लगेको छ । तर तिव्र गतिमा विकास भइरहेको विश्व र हाम्रो चुलिंदो विविधतायुक्त आवश्यकतालाई सम्बोधन गर्नको लागि राज्यले कृषि क्षेत्रमा अगाडि बढाएको नीति तथा कार्यक्रम प्रयाप्त नभइरहेको देखिन्छ । अब यो विषयमा मुख्यतः सबै तहका सरकारहरुले निर्णायक हिसाबले सोच्न र आवश्यक कार्यक्रम अगाडि बढाउन ढिला गर्नुहुँदैन् ।

कृषिमा विकासको लागि दिगो मार्ग

हामीले मुलुकलाई कृषि प्रधान भन्ने तर व्यवहारमा ठिक उल्टो हुँदा कृषि क्षेत्रले बोकेको व्यापक विकासको सम्भावनालाई हामीले चुम्न सकिरहेका छैनौं । मुलत छरिएको, अपुग एवं अबैज्ञानिक रुपमा राज्यले कृषि क्षेत्रलाई अगाडि बढाइरहेको छ भन्ने कुरा नतिजाले देखाइरहेको छ । किनकी हामीसँग उत्पादन अनुकुलको भूगोल छ, जनशक्ति छ, तर वर्षेनी आयातको ग्राफ उकालो लागिरहेको छ । अब यो चुनौतीलाई चिर्नको लागि मुलुकले एकपटक उत्पादन सम्भाव्यताको अध्ययन एवं निष्कर्षका साथ सबै भूगोल एकैपटक उठ्नेगरि उत्पादनमा लगानीको वातावरण तयार गर्नुपर्दछ ।

राज्यसँग उपयुक्त भूगोल र आवश्यक जनशक्ति छ । अब पुँजी लगानीको सन्दर्भमा व्यापार घाटालाई प्रतिस्थापन गर्नको लागि ३०/४० अर्ब होइन, वर्षेनी ५/७ खर्ब पुँजीको स्रोत जुटाएर कृषि क्षेत्रमा लगानी गरौं । त्यसले राज्यलाई झण्डै ५ देखि १० वर्षमा आत्मनिर्भर एवं समृद्ध बन्नको लागि निर्णायक भुमिका अवश्य खेल्छ ।

कृषि क्षेत्रमा लगानी वातावरण भनेको हाम्रो सम्पुर्ण आवश्यकता र माटो अनुकुलको पकेट क्षेत्र निर्माण गरि व्यापक उत्पादन गर्ने अवस्था सिर्जना गर्नु हो । हामीसँग आजको दिनमा स्पष्ट रुपमा तथ्यांक छ कि हामीले कृषिमा आधारित कुन वस्तु कति खपत गरिरहेका छौं । जस्तै : लत्ताकपडा, खाद्यान्न, पशुजन्य, माछा, फलफुल, आदि लगायत दैनिक जिवनमा आवश्यक पर्ने कुन–कुन वस्तुहरुको कृषि कच्चा पदार्थको उत्पादनको सम्भावना हाम्रो मुलुकको कहाँ कहाँको माटोले बोकेको छ ? त्यो माटो र त्यहाँको जनशक्तिलाई राज्यले उत्पादनको स्पष्ट जिम्मेवारी दिने व्यवस्था निर्माण गर्नु आजको आवश्यकता देखिएको छ ।

के यसो गर्न राज्यले सक्दैन त ? अवश्य सक्छ । किनभने राज्यसँग उपयुक्त भूगोल र आवश्यक जनशक्ति छ । अब पुँजी लगानीको सन्दर्भमा व्यापार घाटालाई प्रतिस्थापन गर्नको लागि ३०/४० अर्ब होइन, वर्षेनी ५/७ खर्ब पुँजीको स्रोत जुटाएर कृषि क्षेत्रमा लगानी गरौं । त्यसले राज्यलाई झण्डै ५ देखि १० वर्षमा आत्मनिर्भर एवं समृद्ध बन्नको लागि निर्णायक भुमिका अवश्य खेल्छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १६:४४ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...