back
CTIZAN AD

विद्यालयको विविध पक्षमा सुधार ल्याउन साझा प्रतिबद्धतापत्र

वि.सं.२०७८ भदौ २३ बुधवार

600 

shares

२३ भदौ, सिन्धुपाल्चोक । विद्यालयको विविध पक्षमा सुधार ल्याउन साझा प्रतिबद्धतापत्र अनुमोदन गरिएको छ । मेलम्ची नगरपालिकामा भएको ‘कोरोना महामारीमा शिक्षाका सवाल र स्थानीय सरकारको भूमिका’ विषयक छलफल कार्यक्रममा सो पत्र अनुमोदन भएको हो । कार्यक्रम महिला आत्मनिर्भरता केन्द्र, मेलम्ची नगरपालिका शिक्षा शाखाको सहकार्य र शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिएल)को आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षालाई कोभिडले पारेको असर, विद्यालयले बेहोर्नु परेको कठिनाइ र चुनौतीका बारेमा छलफल गरी शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिएल)का जिल्ला संयोजक हर्क तामाङले साझा प्रतिबद्धतापत्र तयार गरेका थिए । सो पत्रमा गुणस्तरीय शिक्षा, शिक्षामा पारदर्शिता हुनुपर्ने, आवश्यक जनशक्तिको व्यवस्था गरिने, शिक्षक र विद्यार्थी दुवैले कडा अनुशासनको पालना गर्नुपर्ने, शिक्षकलाई अभिवृद्धि गरी अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिने, नमूना विद्यालय बनाउने कुरामा जोड दिने, शिक्षालाई बजेटका आधारमा प्रथम प्राथमिकतामा राख्नुपर्नेलगायत विषय समेटिएको छ । पत्रमा सहभागी सबैले हस्ताक्षर गरी सहमति जनाएका छन् ।

नगरपालिका प्रमुख डम्बर अर्यालले कोरोना महामारीले मात्र नभई नगरक्षेत्रमा विपद्ले पनि शिक्षालाई असर गरिरहेकाले विपद् न्यूनीकरणमा विद्यालय र अभिभावकले ध्यान दिनुपर्ने बताए । उपप्रमुख भगवती नेपालले दिवा खाजालगायत अन्य थप चुनौतीका लागि सम्बन्धित निकायसँग बैठक बसी निर्णय गरिने बताइन् । उनले सबै एकताबद्ध भएर अगाडि बढेमा मात्र नगरको समग्र शिक्षामा सुधार आउने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, शिक्षा शाखा प्रमुख सुदिनराज पोखरेललगायत विद्यालयको प्रअ र केही विद्यालयको व्यवस्थापन समितिका अध्यक्षको सहभागिता थियो ।
रासस

वि.सं.२०७८ भदौ २३ बुधवार १६:५७ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...