back
CTIZAN AD

विदेशी पर्यटकहरूका लागि खुल्यो अनअराइभल भिसा

वि.सं.२०७८ असोज ७ बिहीवार

705 

shares

काठमाडौं । सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल खुल्ला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा पाउने छन् ।

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट देखिएसँगै अनअराइभल भिसा बन्द गरेको थियो । बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको जनाएको छ । सरकारले ०७६ चैतको पहिलो लकडाउन सँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो ।

योसँगै अब विदेशी पर्यटकहरूका लागि नेपाल खुल्ला भएको छ । तर, विदेशी पर्यटकहरुले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणसँगै ७२ घण्टाभित्रको कोभिड परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ ।

यसका साथै पर्वतारोहण र पदयात्रा लागि आउने पर्यटकले सोको अनुमति र बस्ने होटल बुक गरेको प्रमाणपत्रसमेत पेस गर्नुपर्ने सरकारले जनाएको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१५ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...