back
CTIZAN AD

अनेमसंघद्वारा काठमाडौँका ११ वटै पालिकामा मागपत्र पेश

वि.सं.२०७८ असोज ७ बिहीवार

828 

shares

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले काठमाडौँ जिल्ला अन्तर्गतका ११ वटै पालिकामा मागपत्र पेश गरेको छ ।

सो संगठनकी केन्द्रीय सचिव तथा काठमाडौँ जिल्ला इन्चार्ज सुशिला पौडेलका अनुसार ‘संविधान प्रदत्त महिला अधिकार कार्यान्वयन हाम्रो अभियान, एकताबद्ध संगठन सुदृढ, विस्तार र महिला जागरण’ भन्ने मूल नारासहित अनेमसंघ(क्रान्तिकारी) काठमाडौँ जिल्ला समितिबाट काठमाडौँ महानगरपालिकासहित दक्षिणकाली, किर्तिपुर, चन्द्रागिरी, नार्गाजुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा तथा शंखरापुरसहित ११ वटा पालिकामा ज्ञापनपत्र बुझाइएको छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रको हातामा धुम्रपान–मद्यपान, निषेध, किशोरीहरुलाई आराम कक्ष, लैगिंक उत्तरदायी १० प्रतिशत बजेट अनिवार्य खाताको व्यवस्था, हिसा पीडित महिलाहरुको लागि न्यायिक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउन माग गरिएको छ ।

त्यसैगरी आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज वातावरण निर्माण गर्न, छोरासरह छोरीलाई पैत्रिक सम्पत्तिमा समान अधिकारको व्यवस्था लागू गरियोस्, समान कामको समान ज्याला व्यवहारमा कार्यान्वयन गर्न लगायत १२ सुत्रीय माग पेश गरेका छन् ।

 

वि.सं.२०७८ असोज ७ बिहीवार २०:३१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...