back
CTIZAN AD

नबिल बैंकद्धारा दिगो बैंकिङ्गको लागि साझेदारी

वि.सं.२०७८ असोज ९ शनिवार

624 

shares

काठमाडौँ । नबिल बैंकले धादिङ्गको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

गल्छी गाउँपालिकामा नबिल बैंकको तर्पmबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालनगर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिमलिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङ्गले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याई गाउँपालिकाको बिकासमा सहयोग गर्न सबैलाई आग्रह गरे । गल्छी शाखालाई नबिल दिगो बैंकिङ्गको पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग गाउँपालिका विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको बताए ।

उक्त कार्यक्रममा दिगो बैंकिङ्ग परामर्शदाता राजु नेपाल, नबिल बैंकको बाग्मती प्रदेश अन्र्तगत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वल कुमार सुवेदी, नबिलदिगो बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझा, गल्छी शाखा प्रबन्धक, गाउ“पालिकाका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिका बासीहरुको उपस्थिती थियो ।

 

 

वि.सं.२०७८ असोज ९ शनिवार १७:३५ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...