back
CTIZAN AD

परिवर्तनको मुख्य नायक नै प्रचण्ड – दीनानाथ शर्मा

वि.सं.२०७८ असोज ९ शनिवार

741 

shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले परिवर्तनको मुख्य नायक प्रचण्ड भएको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनको फ्याक्सन इन्चार्जसमेत रहेका नेता शर्माले सो संगठनको किर्तिपुर नगरस्तरीय भेलालाई सम्बोधन गर्दै परिवर्तनको मुख्य नायक प्रचण्ड भएको र मुख्य शक्ति माओवादी रहेको भन्दै समाजवादको आधारशिला बारे बहस गर्न बुद्धिजीवीहरुलाई निर्देशित गरेका छन् ।

प्रचण्डमा आएको क्रान्ति तृष्णा २०४१ साल देखि ठोस रुपमा आएको र सम्मानयोग्य भएको भन्दै गणतन्त्रको मुख्य आधार जनयुद्ध रहेको बताएका थिए । उनले किर्तिपुरको अग्रचेतना संगठन निर्माणबाट पनि देखिएको भन्दै बुद्धिजीवीहरुलाई आलोचनात्मक चेत सहित वैचारिक बहस बढाउन निर्देशन गरेका थिए ।

कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनका संयोजक कृष्ण केसीले आफ्नो संगठनमा लाल र निपूर्ण फ्युजन हुने बताएका थिए भने माओवादी नेता दिलीप महर्जनले मालेमावादको वैचारिक आलोकमा बुद्धिजीवीहरुको भूमिका रचनात्मक र शसक्त बनाउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रमका अर्का अतिथि नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले योग्य व्यक्ति सहि ठाउँमा भन्ने मान्यता कार्यान्वयन गर्न बुद्धिजीवीहरुको पनि रुपान्तरण जरुरी भएको बताएका थिए ।

त्यसैगरी सो संगठनका निवर्तमान बाग्मती संयोजक भीमसेन गौतमले संगठनको वर्तमान अभिभारा बारे बोलेका थिए भने काठमाडौँ अध्यक्ष भरत शर्माले सैद्धान्तिक, राजनीतिक र व्यवहारिक रुपमा बुद्धिजीवीको भूमिका थप शसक्त पारिने जनाएका थिए ।

नेकपा(माओवादी केन्द्र) किर्तिपुरका अध्यक्ष दीलबहादुर महर्जनले किर्तिपुरका सबै वडामा बुद्धिजीवी परिचालित हुने विश्वास व्यक्त गरेका थिए भने संविधानसभा सदस्य तथा माओवादी नेतृ रुपा महर्जनले पार्टी र आन्दोलनलाई वैचारिक पृष्ठपोषण दिन बुद्धिजीवीहरुको क्रियाशिलता जरुरी रहेको बताएकी थिइन् ।

प्रा.डा शिवशरण महर्जनको अध्यक्षता, रमा पौडेलको स्वागत मन्तव्य तथा तीलक केसीको संचालनमा सम्पन्न सो कार्यक्रममा माओवादी नेतृ कल्पना धमला, बुद्धिजीवी नेताहरु निलकण्ठ तिवारी, लक्ष्मी पण्डीत, एकनारायण काफ्ले, डा. रविन्द्र ढकाल, भरत गौतम लगायत त्रिविविका विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

दीलबहादुर महर्जनकाे अध्यक्षतामा भरत शर्मा र दिपबहादुर अधिकारी रहेको ३ सदस्यीय निर्वाचन समितिले प्रा.डा. शिवशरण महर्जनको अध्यक्षतामा २५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा रमा पौडेल, सचिव तिलक केसी, कोषाध्यक्षमा डा. भिमा ढुंगाना, सदस्यमा नारायण महर्जन, ई. बालकृष्ण महर्जन, पूर्वसचिव उद्धब बास्कोटा, हर्कमान महर्जन, अर्जुन महर्जन, मदन डंगोल, प्रयागमान प्रधान, प्रकाश महर्जन, गोपाल अर्याल, प्रा. होम बानिया, नारायण अधिकारी, श्रीकान्त पण्डित, मोती नेपाली, योगेश कुमार गोइत, डा. पूर्ण कंडेल र बुद्धिलाल ज्यापु लगायत रहेका छन् ।

आयोजक तीलक केसीका अनुसार किर्तिपुरकोे सबै वडाबाट उपस्थित ९० जना बुद्धिजीवीहरुको भेलाले नयाँ समिति निर्माण गरेको हो ।

वि.सं.२०७८ असोज ९ शनिवार २०:५२ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...