विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणसँगै जोडिएको झण्डै ३८ क्वीन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाई आज (आइतवार) देखि सुरु हुँदैछ ।
उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दाको सुनुवाई जिल्ला अदालत मोरङका न्यायाधिश भरत लम्सालको इजलासमा हुने भएको छ । यहि असोज ७ गतेदेखि सुनुवाईका क्रममा हेर्दाहेदैमा राखिएको उक्त मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस सुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
लामो समयदेखि विचाराधीन मुद्दाको किनारा दसैअघि नै लगाउने तयारी रहेको छ । पुर्पक्षका सिलसिलामा जिल्लाबाट उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ । मुद्दामा मोरङ उर्लाबारीका गोरे भनिने चुणामणी उप्रेतीलाई मुख्य अभियुक्त बनाईको छ । गोरेको समूहले २०७४ माघ ९ गते तस्करी गरी साढे ३३ किलो सुन काठमाडौं ल्याएर गायब बनाइएको थियो ।
जुन अहिलेसम्म फेला परेको छैन । सुन गायव बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर याताना दिँदा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी नगारपालिका १ मा सनमको मृत्यु भएको थियो । आइतवारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
वि.सं.२०७८ असोज १० आइतवार ०८:१३ मा प्रकाशित





























