काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा कुहिएको चामल पठाइएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।
केहीदिनअघि संचारमाध्यममा ‘४८७ मेट्रिक टन कुहिएको चामल बिक्रि गर्न सुर्खेत पठाइयो’ विषयक समाचारमा कुनै सत्यता नभएको भन्दै कम्पनीले यस्तो प्रष्टीकरण दिँदै स्थापित भावनात्मक सम्बन्धमा आँच आउने गरी समाचार प्रकाशन गरिएको जनाएको छ ।
‘आम जनतालाई गुणस्तरयुक्त खाद्यान्न उपलब्ध गराउँर्दै बजारमा स्वच्छ प्रतिश्पर्धा स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको यस कम्पनीले आपूर्ति÷ कारोबार गर्ने खाद्यवस्तुहरु कम्पनीको निर्धारण मापदण्ड भित्र नै हुने र विपद् व्यवस्थापनका लागि सार्क खाद्य बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा निर्धारित परिणाममा भण्डारण गरिएको खाद्यान्न संरक्षण गर्दै गुणस्तर युक्त मात्र बिक्रि वितरण गरिएको÷गरिने सुनिश्तिता दिलाउँदै कर्णाली प्रदेशमा विगत लामो समयदेखि निरन्तर रुपमा खाद्यान्न आपूर्ति गर्दै स्थापित भावनात्मक सम्बन्धमा आँच आउने गरी राजधानी दैनिक पत्रिकामा संप्रेषित ‘४८७ मेट्रिक टन कुहिएको चामल बिक्रि गर्न सुर्खेत पठाइयो’ विषयक समाचारमा कुनै सत्यता नरहेको व्यहोरा अवगत गराउँदछौं ।’कम्पनीद्धारा आइतवार जारी सूचनामा भनिएको छ ।

खान योग्य नभएको ४८७ मेट्रिक टन चामल बिक्रिका लागि सुर्खेत पठाइयो !
वि.सं.२०७८ असोज १० आइतवार ०८:४० मा प्रकाशित





























